मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका बुटवल
२०७६ चैत १८ मंगलबार २१:४७:००
Read Time : < 1 मिनेट
समाचार

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री प्रदेश ५ का सबै जिल्लामा पठाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बुटवल
२०७६ चैत १८ मंगलबार २१:४७:००

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश ५ मा ल्याइएका स्वास्थ्य सामग्रीहरू मंगलबार सबै जिल्लामा पठाइएको छ । 

चीनबाट ल्याइएका सामग्री काठामाडौंबाट ल्याएर सबै जिल्लामा मंगलबार पठाइएको हाे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार ती सामग्री चारवटा आइसोलेसन अस्पताल, १२ वटा जिल्ला अस्पताल, चिसापानी, लमही, बहादुरगन्ज र पिपरा अस्पतालमा वितरण गरिएको छ ।

जसमा मास्क २१ हजार ६ सय, एन–९५ मास्क दुई सय ८० थान पठाइएको छ । त्यस्तै, लुज ग्लोभ १६ हजार थानलगायत अन्य स्वास्थ्य सामग्री पनि पठाइएको छ ।