मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
प्रेम चन्द काठमाडाैं
२०७६ चैत १८ मंगलबार १९:०३:००
Read Time : > 1 मिनेट
अर्थ

खाना पकाउने ग्यास अहिलेसम्मकै बढी खपत

Read Time : > 1 मिनेट
प्रेम चन्द, काठमाडाैं
२०७६ चैत १८ मंगलबार १९:०३:००

कोरोना संक्रमणको त्रासका कारण खाना पकाउने एलपी ग्यास अहिलेसम्मकै सबैभन्दा बढी खपत भएको छ । नेपाल आयल निगमका अनुसार मार्चमा मात्रै ४४ हजार मेट्रिक टन ग्यास खपत भएको हो ।

उक्त ग्यासको खपत मासिक रूपमा अहिलेसम्मकै सबैभन्दा बढी रहेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । ‘४४ हजार मेट्रिक टन आयात भएको छ,’ उनले भने, ‘यो आयात मासिक रूपमा अहिलेसम्मकै बढी हो ।’ निगम र ग्यास उद्योगीसँग ग्यास भण्डारण क्षमता नभएका कारण आयात भएका सबै ग्यास तत्काल खपत हुने गरेको छ ।

नेपाल आय निगमका अनुसार गत फेब्रुअरीमा ४१ हजार एक सय १५ मेट्रिक टन ग्यास खपत भएको थियो । त्यस्तै, जनवरीमा ३९ हजार एक सय २७ मेट्रिक टन र सन् २०१९ डिसेम्बरमा ४१ हजार आठ सय ८५ मेट्रिक टन ग्यास खपत भएको थियो ।

गत वर्षको तथ्यांकअनुसार मासिक औसत करिब ३५ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा नेपालभरि कुल ग्यास खपत चार लाख १२ हजार आठ सय ५३ मेट्रिक टन खपत भएको थियो । सो तथ्यांकअनुसार गत वर्ष मासिक ३४ हजार चार सय ५ मेट्रिक टन ग्यास खपत हुने गरेको थियो ।

यस वर्ष विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण ग्यास अभाव हुन्छ कि भनेर उपभोक्ताले ग्यासको जोहो गर्न थालेपछि मार्चमा ग्यासको आयात (खपत) बढेको हो । आर्थिक वर्ष २७४–७५मा नेपालमा कुल ग्यासको खपत तीन लाख ७० हजार ५ सय ६० मेट्रिक टन भएको थियो । उक्त तथ्यांकअनुसार सो वर्ष मासिक औसत ३० हजार आठ सय ८० मेट्रिक टन ग्यास ग्यास खपत हुने गरेको थियो ।

सोभन्दा अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा ग्यासको खपत मासिक औसत २६ हजार मेट्रिक टन हुने गरेको थियो । सो आर्थिक वर्षमा तीन लाख १२ हजार नाै सय २८ मेट्रिक टन ग्यास आयात भएको थियो ।

पछिल्लो समय कोरोना भाइरसको त्रासका कारण ग्यासको माग ह्वात्तै बढेपछि नेपाल आयल निगमले आधा सिलिन्डर भरेर ग्यास वितरण गर्न थालेको छ । उद्योगीहरूलाई आधा सिलिन्डर मात्रै ग्यास भरेर बिक्री–वितरण गर्ने निर्देशन निगमले दिएको थियो । त्यस्तै निगमले बुधबारदेखि ग्यासका उपभोक्ता वर्गीकरण गरेर घुम्ती सेवामार्फत ग्यास वितरण गरिने जानकारीसमेत गराएको छ । 

विभिन्न १२ समूहमा उपभोक्तालाई वर्गीकरण गरेर घुम्ती सेवामार्फत ग्यासको वितरण गरिने निगमले सूचना जारी गरेर जानकारी गराएको हो ।