१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार

राज्यमन्त्रीले फोन सार्वजनिक गर्दै भने- केही समस्या भए सीधै फोन गर्नुहोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १५:०२:००

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण समस्यामा परेकालाई सीधै आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

काठमाडौंभित्र समस्यामा परेका सर्वसाधारणलाई सहजीकरणका लागि आफू तयार रहेको मन्त्री मानन्धरको भनाइ छ ।

काठमाडौं– ७ का निर्वाचित सांसद मन्त्री मानन्धरले आफूसँग सीधै सम्पर्क गर्न भन्दै मोबाइल नम्बरसमेत सार्वजनिक गरेका छन् ।

मन्त्री मानन्धरले आफ्नो मोबाइल नम्बर ९८५११५९५९२ मा सीधै सम्पर्क गर्न वा आफ्नो सचिवालयका कर्मचारीसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

घरभित्रै बसेर सरकारले गरिरहेको पहललाई साथ दिन आमनागरिकलाई मन्त्री मानन्धरको आग्रह छ ।