१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार

महामारी फैलिए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अस्पताल नजिक सुविधासम्पन्न होटेलमा राखिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १४:१६:००

सरकारले कोरोना भाइरस संक्रमणको अवस्था महामारीका रूपमा फैलिए त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अस्पताल नजिककाे सुविधासम्पन्न होटेलमा राख्ने  तयारी गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्रीका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले महामारीको अवस्था आएमा त्यस्तो व्यवस्था गर्ने गरी तयारी भइरहेको जानकारी दिए । 

कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटेलमा बस्ने र खाने व्यवस्था मिलाउने उनले जानकारी दिए । 

‘हामीले उपचारमा संलग्न हुने सबैलाई अस्पताल नजिकको होटेलमा राख्ने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘भोलि महामारी भयो भने कुनकुन होटेलमा राख्ने भन्ने म्यापिङ गरिरहेका छौँ ।’

सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको निःशुल्क बिमा, थप भत्तालगायतका सुविधा दिने निर्णय गरिसकेको छ ।