१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत १८ मंगलबार १२:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

खोटाङका प्रहरीलाई निर्माण व्यवसायीको खाजा र पानी

Read Time : < 1 मिनेट
२०७६ चैत १८ मंगलबार १२:५२:००

नेपाल निर्माण व्यवसायी संघ खोटाङले लकडाउन कार्यान्वयन तथा आपराधिक घटना न्यूनीकरण गर्न खटिएका प्रहरीलाई खाजा, पानी र माक्स उपलब्ध गराएको छ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को सम्भावित संक्रमण नियन्त्रण गर्न दिनरात खटिने प्रहरीलाई मंगलबार संघले ५० कार्टुन मिनरल वाटर, ४० कार्टुन फ्रुटी, ५० कार्टुन चाउचाउ र ७५ थान मास्क उपलब्ध गराएको हो।

सरकारले घोषणा गरेको लकडाउनको समयमा चाैबिसै घन्टा सुरक्षार्थ खटिने प्रहरीले पानीसमेत खान नपाउने अवस्था रहेकाले खाजा तथा पानी उपलब्ध गराइएको संघका संरक्षक कुमार आचार्यले बताए ।

‘दिनको चर्को घाम र रातको निद्रा पनि नभनी भोकभोकै हाम्रो सुरक्षार्थ प्रहरी खटिएका छन्,’ उनले भने, ‘मानवीय हिसाबले खाजा, पानी र मास्क उपलब्ध गराएका हौँ ।’ संघले उपलब्ध गराएको सामग्री जिल्लाभर खटिने सुरक्षाकर्मीलाई वितरण गरिने खोटाङका प्रहरी नायब उपरीक्षक (डिएपी) वामदेव गौतमले बताए ।

‘प्रहरी प्रशासनले राहत लियो भनेर नबुझ्नुहोला, उहाँहरूले गरेको मानवीय कार्यको सम्मान गरेका हौँ,’ उनले भने, ‘यसले चाैबिसै घन्टा सुरक्षार्थ खटिने प्रहरीको मनोबल बढेको छ।’ ६२ हजार मूल्यबराबरको सामान खरिद गरेर प्रहरीलाई प्रदान गरिएको संघले जनाएको छ।

यसअघि सक्रिय बचत तथा ऋण सहकारी संस्था दिक्तेलले पनि सुरक्षाकर्मीलाई खाजा र पानी उपलब्ध गराएको थियो । यसैबीच लकडाउनको अवज्ञा गर्ने २३ जना खोटाङबाट पक्राउ परेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलगायत व्यापारिक केन्द्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको डिएसपी गौतमले बताए।