१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : रासस
लक्ष्मी बलायर काठमाडाैं
२०७६ चैत १८ मंगलबार ११:४८:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कीटनाशक औषधि छर्कँदा घट्छ कोरोना संक्रमण ?

Read Time : > 1 मिनेट
लक्ष्मी बलायर, काठमाडाैं
२०७६ चैत १८ मंगलबार ११:४८:००

डाक्टरको सल्लाह : डा.शेरबहादुर पुन, सरुवारोग विशेष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल 

कोरोना भाइरसको संक्रमण रोक्न देशका महानगरपालिका र उपमहानगरपालिकाले अहिले सडकमा कीटनाशक औषधि छर्किदैँ छन् । यसरी कीटनाशक औषधि छर्कँदा के साँच्चै भाइरसको संक्रमण कम हुन्छ त ? के त्यो औषधिले कतै मानिसलाई असर त गर्दैन । अहिले यस्तै सवालहरू सबैको मनमा उठिरहेको हुन सक्छ । 

मलाई लाग्छ भाइरस मार्नकै लागि भनेर नै कीटनाशक औषधि छर्किएको हो । यहाँ मात्र नभएर अहिले विभिन्न देशमा यो तरिका अपनाइएको छ । विशेषगरी, सडक र सडकछेउका घरका भित्तामा कीटनाशक औषधि छर्किएको देख्न सकिन्छ । 

तर, एकपटक औषधि छर्किँदैमा त्यो कति टिक्ला र भन्ने प्रश्न उठ्न सक्छ । उदाहरणका लागि औषधि छरेको केही दिनपछि मानिस हिँड्न थालेमा फेरि भाइरस पैदा हुन सक्छन् । किनकि, रोडमा हिँडेका वेला मानिसहरू हाच्छ्युँ गर्छन् र थुक्छन् पनि । जसले गर्दा संक्रमितका भाइरस बाटोमा फेरि फैलिन सक्छ । 

लकडाउनको वेला भने मानिसहरू बाटोमा आवतजावत गर्न पाउँदैनन् । जसकारण एकचोटि कीटनाशक औषधि छर्कँदा कीटाणु र भाइरस मर्छन् । कीटनाशक औषधिले यति दिन काम गर्छ भन्ने हुँदैन ।

यद्यपि, लकडाउनको वेला मात्र आवतजावत कम गर्दा पनि यो उपयोगी हुन सक्छ । यस्तो अवस्थामा मानिसले कीटाणु र भाइरस अरूमा सार्न पाउँदैनन् । किनकि, भाइरस त केही घन्टा त हो नि बाँच्ने । यसरी बाटोमा कसैले पनि ल्याएन भने सर्ने सम्भावना पनि रहँदैन । कोरोनाको संक्रमण हुने जोखिम पनि कम हुन्छ । त्यसैले अहिले कीटनाशक औषधि छर्किनु राम्रो हुन्छ ।

फाइदा

अहिले कडाउनको समय छ । यस्तो वेला मानिस बाहिर निस्कन पाउँदैनन् । त्यसैले लकडाउन गरेको अवस्थामा कीटनाशक औषधि छँर्किनु निकै राम्रो हो । औषधि छर्किनेले सुरक्षात्मक लुगा लगाएको छ । यसले गर्दा जोखिमको सम्भावना न्यून छ ।

एकपटक औषधि छर्केपछि फेरि भाइरस संक्रमण पनि कम हुँदै जान्छ । कीटनाशक औषधि पनि हामीले दैनिक प्रयोग गरिहेको स्यानिटाइजरजस्तै गरी बनाएको हुन्छ । त्यसैले, ढोकाको चुकुलमा समेत यो औषधि प्रयोग गर्न सकिन्छ । तर, योभन्दा साबुनपानीले हात धुनु बढी उपयोगी हुन्छ ।