Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७६ चैत १८ मंगलबार ११:१६:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा एकैदिन दुई सय २७ नयाँ संक्रमित भेटिए 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत १८ मंगलबार ११:१६:००

भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । सोमबार एकैदिन दुई सय २७ नयाँ संक्रमित भेटिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या एक हजार दुई सय ५ १ पुगेको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट ३२ जनाको ज्यान गएको छ र एक सय दुईजना निको भएका पनि छन् । 

भारतमा सबैभन्दा धेरै संक्रमित दिल्लीमा देखिएका छन् । दिल्लीमा मंगलबार मात्रै २५ जना नयाँ संक्रमित भेटिएका छन् । दिल्लीमा अहिलेसम्म संक्रमितको संख्या ९७ पुगेको छ । 

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ हजार पुगेको छ, संक्रमित हुनेको संख्या झन्डै ८ लाख छ । भाइरस संक्रमितमध्ये एक लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् । 

भाइरसको संक्रमण कम गर्न भारतले २१ दिनसम्मका लागि देशव्यापी लकडाउन गरेको छ ।