मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रञ्जन भण्डारी
२०७५ माघ ८ मंगलबार १६:३६:००
Read Time : < 1 मिनेट
प्रदेश

भन्सार छलेर ल्याएको सामग्रीसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी
२०७५ माघ ८ मंगलबार १६:३६:००

महोत्तरीमा भारतबाट भन्सार छलेर ल्याएको सामग्रीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सोन्मा गाउँपालिका ३ स्थित सडकबाट साडी, तौलिया, धोती, कुर्ता सुरुवाललगायतका रेडिमेड कपडासहित सोन्मा गाउँपालिका ३ निवासी लालवावु राय र भारतको सितामढी निवासी संजय साहलाई पक्राउ गरेको हो ।

मंगलबार बिहान ४ बजे उनीहरुले भन्सार छलेर सामान भित्र्याएकाे प्रहरीले जनाएको छ । बरामद गरिएको सामग्री र दुई अभियुक्तलाई जलेश्वर भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको प्रहरीले जनाएकाे छ ।