मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार ०८:३३:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल लाइफका थप दुई अनलाइन सेवा सार्वजनिक

बिमा दाबी तथा अन्य विभिन्न सुविधा घरबाटै लिन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार ०८:३३:००

नेपाल लाइफ इन्स्योरेन्सले लकडाउनका कारण घरमै रहेका सेवाग्राहीलाई मध्यनजर गर्दै म्याचुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीका बिमितहरूको कामकारबाही विनारोकावट अघि बढाउन नयाँ योजनाअन्तर्गत सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको म्याचुरिटी क्लेम सेवामार्फत बिमितहरूले बिमालेख म्याचुरिटी हुने समयावधिबारे अनलाइन तथा फोनबाट जानकारी लिन सक्नेछन् । यस सेवामा म्याचुरिटीको समय पुगेका बिमितहरूले आफ्नो बिमालेखको म्याचुरिटीको प्रक्रियासमेत घरबाटै अघि बढाउन सक्नेछन् । त्यसैगरी, क्लेम इन्टिमेसन सेवाअन्तर्गत दाबीकर्ताले घरमै बसेर अनलाइनमार्फत नेपाल लाइफको वेबसाइटमा दाबीसम्बन्धी जानकारी दिन सक्नेछन् । जसका आधारमा नेपाल लाइफका कर्मचारीले दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
 
नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त–दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समयसापेक्ष अझ परिष्कृत गर्दै लगेको बताएको छ । आगामी दिनमा समयसापेक्ष आफ्ना सेवाहरू अझ परिष्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिबद्धता कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अभिकर्ता तथा सेवाग्राहीको कामकारबाहीमा कुनै कमी हुन नदिन कम्पनीले विषम परिस्थितिमा भर्च‘अल अफिसकारूपमा घरैबाट सेवा प्रवाह गर्नका लागि अनलाइनबाटै सेवा दिइरहेको जनाएको छ । कम्पनीले लकडाउनकै समयमा बिमासम्बन्धी जानकारी लिनुपरेमा विभिन्न व्यक्तिसँग सम्पर्क गर्नसकिनेसमेत जनाएको छ । त्यस्तै, इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत अनलाइन भुक्तानी गर्न सकिनेसमेत कम्पनीले जानकारी दिएको छ ।