१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत १७ सोमबार १७:३७:००
Read Time : < 1 मिनेट
विश्व

रसियाको राजधानी मस्काेमा सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह

Read Time : < 1 मिनेट
२०७६ चैत १७ सोमबार १७:३७:००

रसियाको राजधानी मस्कोलाई सोमबारबाट क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ ।  मस्कोका मेयर सर्जे सोब्यानिनले विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सहरवासीलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । 

आपतकालीन औषधोपचारलगायत अत्यावश्यक कामका लागि मात्रै सहरवासीलाई बाहिर निस्कन अनुमति दिइएको छ । सहरका अधिकारीहरूले क्वारेन्टाइन अवधिमा सर्वसाधारणको लागि स्मार्ट निगरानी प्रणाली लागू गर्ने विज्ञप्तिमा उल्लेख छ । मस्कोमा बसाेवास गर्ने जनसंख्या एक करोड १० लाख छ । 

रसियामा अहिलेसम्म एक हजार पाँच सय ३४ संक्रमित भएका छन् भने आठजनाको मृत्यु भएको छ ।