मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत १७ सोमबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार

लमजुङमा नाै सय बेड क्षमताको क्वारेन्टाइन निर्माण

Read Time : < 1 मिनेट
२०७६ चैत १७ सोमबार १२:३६:००

लमजुङमा सबै स्थानीय तहमा गरेर नाै सय चार बेड क्षमताका क्वारेन्टाइन निर्माण गरिएका छन् । 

चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा नाै सय चार बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारी दिए । 

उनले कोरोनाको सम्भावित संक्रमणलाई ध्यान दिएर क्वारेन्टाइन निर्माण गरिएको बताए । 

बेंसीसहर नगरपालिकाले एक सय ६० बेडको क्वारेन्टाइन निर्माण गरेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । 

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेका अनुसार स्थानीय विद्यालयमा ४३ बेडको क्वारेन्टाइन बनाइएको छ । 

यस्तै, राइनास नगरपालिकाले ६० बेड क्षमताको क्वारेन्टाइन र सुन्दरबजार नगरपालिकाले एक सय ३४ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । 

यस्तै, क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले गाउँपालिकामा चार सय ३७ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको बताए । 

दोर्दी गाउँपालिकाले १० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ ।

मस्र्याङदी गाउापालिकाले ६९ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ ।  दूधपोखरी गाउँपालिकाले भने क्वारेन्टाइन निर्माण सुरु गरेको छैन ।  

लमजुङमा लकडाउन हुनुभन्दा केही दिनअघिसम्म विदेशबाट दुई सय ८० जना जिल्लामा भित्रिएका छन् । 

उक्त संख्या १ चैतदेखि जिल्लामा रहेका आठ स्थानीय तहमा विभिन्न मुलकबाट आउनेको संख्या हो । 

शनिबारसम्ममा विदेशबाट आएका व्यक्ति र तिनका परिवार गरी ३८ जनालाई विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ ।