Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
लक्ष्मी बलायर काठमाडाैं
२०७६ चैत १७ सोमबार १२:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

घरमै छाला र अनुहार सुन्दर बनाउन यसाे गराैँ

Read Time : > 1 मिनेट
लक्ष्मी बलायर, काठमाडाैं
२०७६ चैत १७ सोमबार १२:२२:००

सुष्मा महरा, ब्युटिसियन

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मंगलबारदेखि देशैभर लकडाउन गरेको छ । जसले गर्दा विद्यालयदेखि ब्युटिपार्लरसम्म सबै बन्द छन् । यस्तो अवस्थामा पनि हामी घरमै बसीबसी छाला र अनुहारलाई सुन्दर बनाउन सक्छौँ । जुन विधि यस्ता छन् :

- घरबाहिर ननिस्कँदा छालामा त्यति फोहोर हुँदैन । सामान्यतया, हामीले क्लिन्जिङ र फेसप्याक लगाएर अनुहार सुन्दर बनाउन सक्छौँ । जसले अनुहारमा चाउरी पर्न दिँदैन ।

-यदि तपाईं टिनएजरको हुनुहुन्छ भने क्लिन्जिङ र मसाज गर्नुपर्छ । घरकै सामानले पनि फेस प्याक बनाउन सकिन्छ । चाउरी परेको छालाको लागि अन्डाको सेतो भाग लगाउन सक्छौँ ।

-समयसमयमा तातोपानी, कागती हालेको मनतातो पानी र अदुवाचिया पिउनाले कोरोना संकमण रोक्नुका साथै छालाको लागि पनि फाइदा पु-याउँछ ।

-क्लिन्जिङ र स्क्रिन भिटामिनले मसाज गर्नुपर्छ । भिटामिन ई ले मसाज गर्दा ओपन कोषहरूमा जान्छ र अनुहार स्वस्थ र सुन्दर हुन्छ । सुक्खापन र चाउरीपना पनि हटाउन सकिन्छ ।

- हप्तामा दुई दिन १५ मिनेट जति मसाज गर्नुपर्छ । मसाज गरेपछि मात्रै प्याक लगाउनुपर्छ । पहिले प्याक लगाउँदा छालामा भएको चिल्लोसमेत निस्कन्छ । जसले गर्दा छाला सुक्खा हुन्छ । राम्रोसँग मसाज गर्दा छाला नरम र मुलायम हुन्छ । छालाका कोषहरू मज्जाले खुल्छन् । भिटामिनहरू राम्रोसँग भित्र छिर्छन् । प्याक लगाउँदा लुज भएको स्किन टाइट हुन्छन् ।  स्क्रिनमा भएका भिटामिनहरू मज्जाले भित्र बस्न पाउँछन् र छाला चम्किलो हुन्छ ।

- प्रशस्त पानी पिउनाले नि छाला र अनुहारमा चमक आउँछ । साथै, नियमित छालाको सरसफाइ गर्न आवश्यक छ । अनुहार पनि दिनमा दुई तीनपटक धुनुपर्छ ।

यी चिजबाट घरमै  फेसप्याक बनाउन सकिन्छ : 

अन्डाको सेतो भागको फेसप्याक बनाएर लगाउनाले छालाको चाउरीपना हट्छ । वयस्कले  हप्तामा दुईपटक फेसप्याक लगाउनुपर्छ । टिनएजरले भने हप्तामा एकदिन लगाए पनि हुन्छ । फेसप्याक १५ मिनेट लगाउनाले छाला चम्किलो र सुन्दर हुन्छ ।

मकै र चामलको पिठो

मकै र चामलको पिठोको फेसप्याक पनि छालाका लागि फाइदाजनक हुन्छ । यसरी घरमै बनाएको प्याक लगाएर हामी छालालाई सुन्दर बनाउन सक्छौँ ।

सुन्तलाको बोक्रा

सुकेको सुन्तलाको बोक्राको पेस्ट बनाई दूधमा हालेर घरमै प्याक बनाउन सकिन्छ । यसरी लगाउँदा छाला मुलायम र चम्किलो बन्छ ।