१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत १७ सोमबार १२:१५:००
Read Time : < 1 मिनेट
समाचार

एम्बुलेन्सबाटै बिरामी फर्काउने लुम्बिनी मेडिकल कलेजले माग्यो माफी

Read Time : < 1 मिनेट
२०७६ चैत १७ सोमबार १२:१५:००

कोरोना संक्रमणको लक्षण देखिएका बगनासकाली गाउँपालिका– २ पोखराथोकका २० वर्षीय दामोदर कुमाललाई उपचार गर्न अस्वीर गर्दै एम्बुलेन्सबाटै फर्काएको लुम्बिनी मेडिकल कलेज तानसेनले आइन्दा यस्तो गल्ती नगर्ने भन्दै माफी मागेको छ । 

ड्युटीमा रहेका डाक्टरले गलत जानकारी दिएका कारण त्यस्तो हुन गएको भन्दै कलेजका निर्देशक डा. राजु शाक्यले माफी मागेका हुन् । 

‘मलाई ठूलो भ्रम भयो, त्यसो नगर्नुपर्थ्याे, हामी माफी माग्दछाैँ,’ शाक्यले भने ‘हामीले बैठक बसेर अब जस्तोसुकै बिरामी आए पनि उपचार नपाएका कारण यहाँबाट फर्कनुपर्दैन भन्ने निर्णय नै गरेका छौँ ।’ 

नयाँ पत्रिकामा समाचार प्रकाशन भएपछि मेडिकल कलेजको व्यवहारप्रति जिल्लावासीले आपत्ति जनाएका थिए । 

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मेडिकल कलेजलाई आइन्दा त्यसो नगर्न चेतावनी दिएका थिए । त्यसपछि मेडिकल कलेजको आकस्मिक बैठकले घटनाबारे समीक्षा गरी प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा गल्ती भएको स्वीकार गर्दै माफी मागेको हो । 

ज्वरो आएर उपचारका लागि मेडिकल कलेज पुगेका कुमाललाई उपचार गर्न अस्वीकार गर्दै फर्काइएको थियो ।