१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ११:५०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोनाबारे तपाईंले जान्नैपर्ने तथ्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ११:५०:००

कोरोनाभाइरस सर्वप्रथम गत ३० डिसेम्बर २०१९ मा चीनको वुहान प्रान्तमा देखिएको थियो । यद्यपि, यो भाइरस चीनमा नियन्त्रण हुने क्रममा छ भने विश्वभरका धेरै देशमा फैलँदो अवस्थामा छ । 

कति भए संक्रमित ?

कोरोनाभाइरस (कोभिड–१९)बाट हालसम्म विश्वमा ६ लाख ६८ हजारभन्दा बढी (यो रिपोर्ट तयार पार्दासम्म) मानिस संक्रमित भइसकेका छन् भने ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमणका संकेत नदेखिएका वा मन्द भएका कतिपय तथ्यांक गणनामा आएका छैनन् । 

 कोरोना कत्तिको खतरनाक ? 

कोरोना लागेकामध्ये करिब एक प्रतिशतको मात्र मुत्यु भएको छ । यसर्थ, यो रोग लाग्दैमा मृत्यु भइहाल्छ भनेर डराउनुपर्दैन । संक्रमण मन्द भएकाको मृत्युदर अझै कम छ ।

यस्ता लक्षण

ज्वरो र सुक्खा खोकी कोरोनाका प्रमुख लक्षण हुन् । घाँटी र टाउको दुख्ने, झाडापखाला लाग्ने, सुँघ्ने शक्ति कम हुनेजस्ता अन्य समस्या पनि देखिन्छ । यसबाहेक, कुनै लक्षण नदेखिने पनि हुन सक्छ ।

बच्चामा कति जोखिम ?

हालसम्मको तथ्यांक हेर्दा बच्चाहरूमा कोरोनाको संक्रमण कम देखिएको छ । तर, लागिहालेमा उनीहरूमा चाँडै फैलिने गरेको छ । 

सुरुवात कसरी ?

पहिलोपटक कोभिड–१९ वुहानको जनावर बिक्री गर्ने बजारमा देखिएको थियो । ‘सार्स कोभिड–२’ कोरोनाको अफिसियल भाइरस हो, जसबाट कोरोना उत्पत्ति भएको थियो । कोभिड–१९ यसकै परिवर्तित रूप हो । कोभिड–२ चमेराबाट एक जनावरमा सरेपछि मात्र मानिसमा देखिएको थियो । उक्त जनावर कुन थियो भन्ने अझै पत्ता लाग्न सकेको छैन । 

के गर्मीमा संक्रमण कम हुन्छ ?

रुघाखोकी जाडोयाममा हुनु सामान्य हो । तर, यो गर्मीमा पनि हुने गर्छ । गर्मीमा कोरोना फैलिन्छ कि फैलिँदैन भन्नेबारे विज्ञहरूले यकिन गर्न सकेका छैनन् । 

कतिवेला गम्भीर संकेत देखिन्छन् ?

कोरोनाको असर प्रायः मध्यमखालको हुने गर्छ । रुघाखोकीजस्तै यसको संक्रमण पनि निको हुन सक्छ । कोरोना संक्रमितमध्ये २० प्रतिशतमा भने यो प्राणघातक हुन सक्छ । प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिमा कोरोनाले प्रतिकूल असर पार्छ । 

के यो दोस्रोपटक फेरि देखिन सक्छ ?

चीनमा कोरोना भाइरसबाट निको भएर घर फर्केकामा पुनः संक्रमण देखापरेको थियो । बिरामीको पहिलो टेस्टमा त्रुटि भएका कारण निको भएको भन्दै अस्पतालले पठाएको त्यसैले, पछि पुनः संक्रमण देखिएको बताइन्छ । यद्यपि, एकपटक कोरोना संक्रमण भएकालाई फेरि कहिल्यै पनि लाग्दैन भन्नु अफवाह मात्र हो । निको भइसकेका बिरामीले आफ्नो ‘इम्युनिटी पावर’ बलियो बनाउन एकदमै आवश्यक छ ।