मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार ११:५२:००
Read Time : < 1 मिनेट
प्रविधि

एक हप्तामै बन्यो कोरोना संक्रमितलाई आइसियूविना नै सास फेर्न मद्दत गर्ने उपकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार ११:५२:००

कोरोना संक्रमितलाई आइसियूमा नराखी सास फेर्न मद्दत गर्ने एक उपकरण एक हप्ताभित्रै निर्माण गरिएको छ । 

युनिभर्सिटी कलेज लन्डनका इन्जिनियर र युनिभर्सिटी कलेज लन्डन अस्पतालका स्वास्थ्य अधिकारीहरूको सहकार्यमा भेन्टिलेटरविना नै फोक्सोमा अक्सिजन पुऱ्याउने उपकरण बनाइएको हो । 

‘कन्टिनियस पोजेटिभ एअरवे प्रेसर’ भनिने यस्तै प्रकारको उपकरण पहिला पनि अस्पतालहरूमा प्रयोग हुँदै आएको छ । यद्यपि, कोरोना भाइरसको संक्रमण बढेसँगै यसको अभाव चुलिएको थियो । 

लन्डनका चार अस्पतालमा यस्ता ४० वटा नयाँ उपकरण इन्जिनियरलगायतको टोलीले निर्माण गरी पठाइसकेको छ । ती उपकरणले राम्रोसँग काम गरेमा दैनिक हजारवटा उपकरण बनाउन सकिने निर्माण टोलीले जनाएको छ । 

औषधि एवं स्वास्थ्य सामग्रीको नियमन गर्ने निकायले यसको प्रयोगका लागि अनुमति दिइसकेको छ ।

युनिभर्सिटी कलेज लन्डनकी इन्जिनियरिङ संस्थानकी निर्देशक प्रोफेसर रेबिका सिप्लेले भनिन्, ‘नयाँ मेडिकल उपकरण बनाउन कम्तीमा एक वर्ष लाग्छ, तर हामीले पहिलेदेखि नै प्रयोगमा आएको उपकरणको विधिअनुसार नयाँ बनाएका हौँ ।’ 

उनीहरूले पुरानै उपकरणको ढाँचाअनुसार नयाँ डिजाइनको उपकरण बनाएका हुन् । भ्यान्डिलेटर नहुँदा संक्रमितलाई सास फेर्न सहज बनाएर यी उपकरणहरूले धेरैको  ज्यान जोगाउने अपेक्षा गरिएको छ । 

यो उपकरणले स्थिर रूपमा नाक र मुखबाट अक्सिजनमिश्रित हावाको प्रेसर दिन्छ । यसरी प्रेसर दिँदा फोक्सोमा अक्सिजन प्रवाह भइरहन्छ र सास रोकिन पाउँदैन ।

कोभिड– १९ को संक्रमणका कारण फोक्सोका स–साना प्वालहरू बन्द हुन पुग्छन् र त्यतिवेला सास फेर्न लाग्ने बललाई यो उपकरणले कम गर्छ । उपकरणको प्रयोगपछि बिरामीको मृत्यु हुने सम्भावना कम हुन पुग्छ । (एजेन्सी)