१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ चैत १७ सोमबार ११:१५:००
Read Time : < 1 मिनेट
विश्व

चीनबाट काेराेना उपचारमा आवश्यक मेडिकल सामग्री लिएर पहिलाे विमान अमेरिका पुग्यो 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत १७ सोमबार ११:१५:००

चीनको सांघाई सहरबाट काेराेना उपचारमा चाहिने मेडिकल सामग्रीसहितको पहिलो विमान आइतबार अमेरिकाको न्युयोर्क सहर पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । 

संघीय आपतकालीन व्यवस्थापन विभागका प्रवक्ता लिजी लिट्जोले उक्त विमान १२ मिलियन पन्जा, एक लाख ३० हजार एन नाइन्टी फाइभ मास्क, १७ लाख सर्जिकल मास्क, ५० हजार मेडिकल गाउन, एक लाख ३० हजार ह्यान्ड स्यानिटाइजर र ३६ हजार थर्मोमिटरसहित अमेरिका पुगेको बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।  

ती सामग्री न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा वितरण गरिनेछ र बाँकी सामग्री लिएर विमान सोमबार सिकागो र मंगलबार ओहायोमा पुग्नेछ । त्यहाँबाट निजी क्षेत्रका वितरण नेटवर्कको प्रयोग गरेर अन्य राज्यमा पनि पठाइने लिट्जोले बताइन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार आइतबारसम्म अमेरिकामा कोभिड– १९ बाट संक्रमित मानिसको संख्या एक लाख ४२ हजार एक सय ६ पुगेको छ । दुई हजार चार सय ७९ को मृत्यु भएको छ भने दुई हजार ६ सय ८६ जना निको भएका छन् ।