१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ११:२८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण धुमपान गर्ने मानिस कोरोनाको उच्च जोखिममा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ११:२८:००

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सुरुवाती समयमा चीनको वुहानस्थित जिन्यितान अस्पतालमा मृत्यु भएका दुई बिरामीका विषयमा दि ल्यान्सेट नामक मेडिकल जर्नलमा लेखिएको छ । ‘स्वस्थ भए पनि उनीहरूले लामो समयदेखि धुमपान गर्ने गरेका थिए । जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो ।’

संक्रमणपछि कोरोना भाइरस हाम्रो फोक्सोसम्म पुग्छ र सास फेर्न गाह्रो हुनेजस्ता समस्या पैदा हुन्छन् । पहिले घाँटीभित्रका कोष, श्वासनली र फोक्सोलाई असर गर्न थाल्छ । बिस्तारै ती अंग भाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् ।

शेषज्ञहरूका अनुसार संक्रमणपछि कोरोना भाइरस हाम्रो फोक्सोसम्म पुग्छ र सास फेर्न गाह्रो हुनेजस्ता समस्या पैदा हुन्छन् । पहिले घाँटीभित्रका कोष, श्वासनली र फोक्सोलाई असर गर्न थाल्छ । बिस्तारै ती अंग भाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन् । तिनले मानिसका थप कोषलाई आक्रमण गरेर आफ्नो अधिकार स्थापित गर्छन् । 

कोरोनाले फोक्सोमा जलन गराउँछ । फोक्सोमा जलन हुनु नै निमोनिया हो । हामीले फेर्ने सास अर्थात् वायु मुखबाट श्वासनली हुँदै फोक्सोमा भएका स–साना कोठामा पुग्छ । त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाइअक्साइड बाहिर निस्किन्छ । तर, निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र यसैकारण सास फेर्न कठिन हुन्छ ।

युनिभर्सिटी अफ साउथकोरोलीको अर्को एउटा अध्ययनमा भनिएको छ, धुमपान गर्दा फोक्सोमा इन्जाइमको क्रियाशीलता बढ्छ । त्यसो हुँदा धुमपान गर्ने व्यक्तिलाई कोभिड–१९ संक्रमणको खतरा बढ्छ । यो रोग बढी उमेरकासँगै हाइपरटेन्सनजस्ता केही अन्य कारणको उपचारले पनि बढ्छ ।

विशेषज्ञहरूका अनुसार यी दुवै निकै खतरनाक तथ्य हुन् । धुमपान गर्ने अधिकांश व्यक्तिमा यो महामारीको लक्षणको रूपमा सास लिन गाह्रो हुनेजस्ता समस्या देखिन्छन् । कोभिड १९ ले सीधै फोक्सोमा आक्रमण गर्ने गर्छ । धुमपान गर्ने व्यक्तिको फोक्सो पहिलादेखि नै कमजोर हुने भएकाले यस्ता व्यक्तिलाई यो भाइरसको जोखिमको सम्भावना बढी हुन्छ । 

नेपाली चिकित्सकको भनाइ पनि यही छ । ‘धुमपानले फोक्सोलाई कमजोर बनाएको हुन्छ,’ फिजिसियन डा. नीरजकुमार सिंह भन्छन्, ‘कोरोना भाइरसको आक्रमण पनि फोक्सोमै बढी हुन्छ ।’ जसका कारण धुमपान गर्नेलाई कोरोना भाइरसको असर बढी देखिएको उनको भनाइ छ । ‘यस्ता व्यक्तिले आफूलाई आइसोलेसनमा राख्ने र सकेसम्म धुमपान नगर्ने र नसके कम गर्ने गर्नाले समेत यसको असर घटाउन सकिन्छ,’ उनी भन्छन् ।