१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार ११:२२:००
Read Time : < 1 मिनेट
विश्व

राष्ट्रपति ट्रम्पले संक्रमण रोक्ने नियम एक महिना बढाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार ११:२२:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोक्न लागू गरिएका नयाँ नियमको अवधि थप एक महिना लम्ब्याएका छन् । 

एक–अर्काबीचको दूरी कायम गर्नुपर्ने, धेरै मानिस भेला हुन नपाउनेलगायतका नियम अझै एक महिनाका लागि थप गरिएको हो । 

२५ मार्चमा ट्रम्पले अमेरिका आउँदो अप्रिलको मध्यतिर पूर्वीय देशहरूभन्दा अगाडि नै अमेरिकाले संक्रमणबाट राहत पाउने र सजगताका लागि लगाइएको नयाँ नियमहरू हटाउने बताएका थिए । 

तर, अपेक्षा गरेजस्तो संक्रमण नियन्त्रणमा हुनुको साटाे थप संक्रमण हुन थालेपछि नियमको म्याद थपिएको हो । 

ह्वाइटहाउसका मेडिकल सल्लाहकार डा. एन्थोनी फौसीले अमेरिकामा कोरोना भाइरसबाट कम्तीमा दुई लाखको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् । 

लाखौँ अमेरिकी यसबाट संक्रमित हुन सक्ने भन्दै त्यसले मृत्युदर पनि बढाउने उनको चेतावनी छ । 

अमेरिका अहिले विश्वमै सबैभन्दा बढी संक्रमित भएको देशका रूपमा रहेको छ । अहिलेसम्म एक लाख ४० हजारभन्दा बढी अमेरिकी नागरिक कोरोनाबाट संक्रमित भइसकेका छन् । अमेरिकामा दुई हजार आठ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

(एजेन्सी)