मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ११:१७:००
Read Time : < 1 मिनेट
अर्थ

तीन दिनमा ८७ हजार ग्यास सिलिन्डर बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ११:१७:००

नेपाल आयल निगमले पछिल्लो तीन दिनमा ८७ हजार ग्यास सिलिन्डर बिक्री गरेकाे छ । 

विभिन्न उद्योगले डिलर तथा बिक्रेतामार्फत पछिल्लो तीन दिनमा ८७ हजार ग्यास सिलिन्डर बिक्री गरेको निगमले जनाएकाे छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले शुक्रबार, शनिबार र आइतबार (तीन दिन)मा ८७ हजार ६ सय ३० ग्यास सिलिन्डर भरेर बिक्री–वितरण गरिएको जानकारी दिए । 

उनका अनुसार शुक्रबार ३३ हजार ६ सय ५८ ग्यास सिलिन्डर, शनिबार १४ हजार एक सय आठ सिलिन्डर र आइतबार ३९ हजार आठ सय ६४ ग्यास सिलिन्डर बिक्री–वितरण गरिएको हो ।

उक्त बिक्री–वितरण काठमाडौं उपत्यकासहित देशैभरिकाे भएको उपाध्यायले बताए । 

पछिल्लो समय नेपाल आयल निगमले उपभोक्तामा ग्यासको अभाव सिर्जना हुन नदिन प्रयासरत रहेको निगमले जानकारी दिएको छ । 

अभाव हुन नदिने उद्देश्यले निगमले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री–वितरण गर्न ग्यास उद्योगीलाई निर्देशन दिइसकेको छ ।