मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत १७ सोमबार १०:४९:००
Read Time : > 1 मिनेट
समाचार

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ११ सय नियन्त्रणमा

Read Time : > 1 मिनेट
२०७६ चैत १७ सोमबार १०:४९:००

कोरोनाको सम्भावित संक्रमण रोक्न सरकारले लागू गरेको लक डाउन उलंघन गर्नेहरुलाई प्रहरीले कडाईकासाथ नियन्त्रण गर्न थालेको छ ।

साेमबार बिहान काठमाडौं उपत्यका भित्र लकडाउन उलंघन गर्ने ११ सय २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट ९ सय ९७, ललितपुरबाट  ८६ र भक्तपुरबाट ४५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । 

काठमाडौं उपत्यका भित्र साेमबार विहान साढे ५ बजेदेखि साढे ७ बजेसम्मको अवधिमा लकडाउन उलंघन गर्नेको संख्या ११ सय नाघेको हो । त्यस्तै  लकडाउन उल्लघन गरी चलाइएका १ सय ७६ सवारी साधन नियन्त्रणमा लिइएको छ । 

लकडाउन उल्लघंन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई दुई घन्टा सार्वजनिक स्थानमै राखेर छाडने गरेकोमा साेमबारदेखि त्यसलाई बढाएर तीन घण्टा बनाइएको छ । प्रहरीले नियन्त्रणमा बस्नु पर्ने समय दैनिक एक घण्टाका दरले बढाउने जनाएको  छ । लकडाउनका सुरूवातमा नरम बनेकाे प्रहरी उल्लंघनकाे क्रम बढेपछि कडा रुपमा प्रस्तुत भएकाे हाे । 

महानगरीय प्रहरी आयुक्त कार्यालय काठमाडौं (रानीपोखरी)का प्रमुख डिआइजी विश्वराज पोखरेलले जनताकै सुरक्षालाई ध्यानमा राखेर अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिनु परेको बताए । उनले लकडाउनलाई पुर्ण कार्यान्वयन गर्न केही कडाईका साथ प्रहरी  प्रस्तुत हुन थालेको उल्लेख गरे । 

काठमाडौं उपत्यकामा हिजाे अर्थात आइतबार लकडाउन उल्लघन गर्ने २६ सय ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिई दुईघण्टा सार्वजनिक स्थानमा राखेर छाडेको थियो । 

कोरोना संक्रमण फैलिन नदिन सरकारले देशभरि गरेका लकडाउन अवज्ञा गर्ने तथा अन्य शंकास्पद व्यक्तिलाई पक्राउ गर्न प्रहरीले मल्टी फंग्सनल अरेस्ट एन्ड रेस्क्यु डिभाइस (एमएआरडी) प्रयोगमा ल्याएको छ । 

सीधै पक्राउ गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले करिब तीन मिटर लामो फलामको औजार बनाइएको हो । लकडाउन अवज्ञा गर्नेलाई प्रहरीले करिब तीन मिटर टाढैबाट याे औजारको सहयोगले नियन्त्रणमा लिने गरेको छ।