मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार १०:४२:००
Read Time : < 1 मिनेट
नयाँCity

अनुशासित दिनचर्याले भाइरसकाे संक्रमणबाट बचाउँछ : लक्ष्मी गिरी

लकडाउनमा सेलेब्रिटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार १०:४२:००

लकडाउनको समयमा घरमै पुस्तक पढ्दै बसिरहेकी छु । नौवटा किताब किनेकी छु, जसमा पुराना र रमाइला पुस्तक छन् । खासगरी, शिवपुरी बाबाको पुस्तक ‘स्वधर्म’ तीमध्ये मन परेको किताब हो । यो धार्मिक किताब भए पनि निकै व्यावहारिक ज्ञान दिन्छ । यो पुस्तक पढ्दा कसरी दिनचर्या सुरु गर्ने भन्ने जानकारी पाउन सकिन्छ । 

मेरो बुझाइमा कोरोना भाइरसबाट आत्तिइहाल्नु पर्दैन । दिनचर्यालाई अनुशासित बनाउने हो भने यसको संक्रमणबाट बच्न सकिन्छ ।

अनुशासित दिनचर्याले कोरोना भाइरसको संक्रमणबाट पनि बचाउँछ । परिवारमा सबै बुझ्ने मान्छे छौँ । त्यसैले साबुन–पानीले नियमित हात धुने गरेका छौँ । साथै पत्रपत्रिका पढ्दै र टिभीमा समाचार हेर्दै दिन बिताइरहेका छौँ । मेरो बुझाइमा कोरोना भाइरसबाट आत्तिइहाल्नु पर्दैन । दिनचर्यालाई अनुशासित बनाउने हो भने कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।

स्वदेशमै बसिरहेका मानिसलाई कोरोनाको संक्रमण देखिएको छैन । विज्ञहरू र सरकारले भनेका नीति र विधि अपनाउने हो भने यसको संक्रमण फैलिन नदिन सहजै सकिन्छ । विदेशबाट आएका व्यक्तिहरूले पनि ती विधि र नियम पालना गर्नु जरुरी छ । आफैँ क्वारेन्टाइन र आइसोलेसनमा बसेर सहयोग गर्नुपर्छ । यस्तो वेला अन्य देशको सहयोग लिन पनि चुक्नुहुँदैन ।

एकअर्कालाई दोष दिँदै बसिरह्यौँ भने अस्ट्रेलियामा डढेलो सल्किएजसरी नै कोरानाको संक्रमण फैलिन बेर लाग्दैन । सबै संयमित भएर एकअर्कालाई सहयोग ग-यौँ भने भाइरसको संक्रमण फैलिँदै फैलिँदैन । नियमित हात धुने, मास्क लगाउने, संक्रमित व्यक्तिबाट टाढा बस्नेलगायतका नियम पालना गर्न कोही  पनि नचुकौँ ।