मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत १६ आइतबार १९:२०:००
Read Time : > 1 मिनेट
समाचार

बागमती प्रदेशमा ६ सय २३ शय्याको आइसोलेसन तयार

Read Time : > 1 मिनेट
२०७६ चैत १६ आइतबार १९:२०:००

बागमती प्रदेशमा ६ सय २३ शय्याको आइसोलेसन तयार पारिएको छ । आइतबारसम्म प्रदेशमा ६ सय २३ तयारी अवस्थामा रहेको र एक सय ७२ शय्याको आइसोलेसन तयारीको क्रममा रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले एक सय ४८ वटा आइसियू वार्ड तयारी अवस्था रहेको जनाएको छ । २३ वटा आइसियू तयार पारिँदै छ । मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा दुई हजार ७५ शय्या क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । तयार पारिएको क्वारेन्टाइनमा हाल पाँच सय ८९ जना बसिरहेका छन् ।

मन्त्रालयले आइतबारसम्म तयार पारेको तथ्यांकअनुसार एक हजार सात सय १४ जना स्वास्थ्यकर्मी तयारी अवस्था रहेका छन् ।

प्रदेशका जिल्लाहरूमा कार्यरत कन्सल्टेन्ट फिजिसियन ७१, मेडिकल अफिसर दुई सय ५१, एनेस्थेसियोलोजिस्ट ३१, नर्सिङ सुपरभाइजर ३४, स्टाफ नर्स सात सय १३, नर्स एसिस्टेन्ट चार सय ५७, प्रयोगशालाकर्मी रएक सय ५७ जना तयारी अवस्था रहेको मन्त्रालयको दाबी छ । 

त्यसैगरी मन्त्रालयले प्रदेशमा हाल चार सय १२ सेट पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट) रहेको जनाएको छ । मन्त्रालयले अब स्वास्थ्यकर्मीका लागि तीन हजार एक सय ८५ वटा आवश्यक रहेको उल्लेख गरेको छ ।

८३ जनाको स्वाब परीक्षण
मन्त्रालयका अनुसार हालसम्म ८३ जनाको स्वाब परीक्षण गरिएको छ । कोरोना संक्रमितको आशंका गरिएको ८३ जनाको स्वाब परीक्षण गरिएको हो ।

बागमती प्रदेशका जिल्लाहरूबाट संकलनपछि परीक्षण गरिएको स्वाबमध्ये ६५ जनाको रिपोर्ट प्राप्त भइसकेको छ । सबैजनाको नेगेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आइतबार मात्र १९ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।

३० जना शंकास्पद बिरामी आइसाेलेसनमा
३० जना शंकास्पद बिरामीलाई प्रदेश सरकारको निगरानीमा आइसोलेसनमा राखिएको छ । ती बिरामीको अवस्थाबारे मन्त्रालयले बारम्बार जानकारी लिइरहेको र विशेष निगरानीमा राखिएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताए ।

उनका अनुसार आइतबार मात्र नाैजना शंकास्पद बिरामीलाई आइसाेलेसनमा राखिएको छ । आइसाेलेसनमा राखिएकामध्ये १४ जनालाई घर पठाइएको र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको स्वास्थ्य महाशाखा प्रमुख विष्टले जानकारी दिए ।