मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १६ आइतबार १९:१५:००
Read Time : < 1 मिनेट
समाचार

बिरामी फर्काउने अस्पताललाई कारबाही गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १६ आइतबार १९:१५:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आकस्मिक सेवामा आएका बिरामी फर्काउने अस्पताललाई कारबाही गर्ने बताएका छन् ।

देशका विभिन्न स्थानमा सामान्य ज्वरो आएका तथा खोकी लागेका बिरामीले पनि उपचार नपाउने र अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले त्यसो नगर्न निजी अस्पतालहरूलाई आग्रह गरे । आकस्मिक सेवा लिन आएका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न अपिल गर्दै उनले मन्त्रालयलाई कडा र थप कदम चाल्न बाध्य नतुल्याउनसमेत आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनियाँ दूतावास, सिचुवान प्रान्त तथा अलिबाबालगायतबाट अनुदानमा आएका व्यक्तिगत सुरक्षा सामाग्री र प्रयोगशालामा नमूना परीक्षणका लागि प्रयोग हुने सबै सामान  आइतबारै वितरण गरिने पनि उनले जानकारी दिए ।

देवकोटाले अहिलेसम्म नौ सय १७ वटा नमूना परीक्षण भएको जानकारी दिँदै पोजेटिभ रिपोर्ट आएका चौथो र पाँचौँ केसको ट्रेसिङ गर्ने काम भइरहेको बताए । उनले कुनै पनि पोजेटिभ केसमा स्वास्थ्य सम्बन्धि जटिलता भने नदेखिएको बताए । १११५ र ११३३ मा आएका कलहरूको प्रतिघन्टा ३० वटाको दरले सम्बोधन हुने गरेको उनको भनाइ छ ।

मन्त्रालयले सुरु ग¥यो एप
यसैबीच, मन्त्रालयले ‘हाम्रो स्वास्थ्य’ नामको एप सञ्चालनमा ल्याएको छ । एपमा सोधपुछ गर्नुका साथै लक्षण राखेर जो कसैले पनि कोरोना भाइरसको स्वमूल्यांकन गर्न सक्ने तथा अस्पतालको विवरण, नमूना परीक्षणलगायतको जानकारी प्राप्त गर्न सक्ने प्रवक्ता देवकोटाले जानकारी दिए ।

मन्त्रालयले सञ्चार र समन्वयको विभाग, शंकास्पद बिरामीको खोज र ट्रेसिङ गर्ने गरी विभिन्न पाँचवटा टिम बनाएर काम गरिरहेको जनाएको छ ।