मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
प्रेम चन्द काठमाडौं
२०७६ चैत १६ आइतबार १६:४१:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोनाको जोखिम रोक्न कालिमाटी तरकारी बजारमा भारतीय तरकारीको प्रवेश रोक

Read Time : < 1 मिनेट
प्रेम चन्द, काठमाडौं
२०७६ चैत १६ आइतबार १६:४१:००

काठमाडौं उपत्यकामा तरकारी आपूर्ति गर्दै आएको उपत्यकाकै ठूलो कालिमाटी फलफूल तथा तरकारी बजारमा भारतीय तरकारीको प्रवेश रोक लगाइने भएको छ । 

भारतमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणले नेपालमा पार्न सक्ने सम्भावित जोखिमबाट जोगिन कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले भारतीय तरकारी नबेच्ने निर्णय गरेको हो । 

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले मंगलबारदेखि लागू हुने गरी कालिमाटी बजारमा भारतीय तरकारी नलिने निर्णय गरेको जानकारी दिए । 

‘सम्भावित जोखिम कम गर्ने उद्देश्यले कालिमाटी बजारमा भारतीय तरकारी नलिने निर्णय गरेका हौँ,’ उनले भने, ‘लकडाउन अवधिभर यो निर्णय कायम रहन्छ । उनीहरूले अन्तै बाहिरतिर बिक्री गर्लान् ।’

समितिले आइतबार निर्णय गर्दै तरकारीको थोक बिक्री र खुद्रा बिक्रीको समय पनि तोकेको छ । 

कालिमाटी बजारमा हुने भिडभाडलाई कम गर्ने उद्देश्यले समितिले आइतबार उक्त निर्णय गरेको हो । 

समितिका अनुसार कालिमाटी बजारमा तरकारीको थोक बिक्री राति २ बजेदेखि बिहान ७ बजेसम्म र खुद्रा बिक्री बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ ।

‘बढी भिडभाड हुने गरेको छ, त्यो भिडभाडलाई निरुत्साहित गर्न खोजिएको हो, अन्य केही होइन,’ निर्देशक पौडेलले भने ।