१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत १६ आइतबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार

बिपी प्रतिष्ठान धरानको प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु 

Read Time : < 1 मिनेट
२०७६ चैत १६ आइतबार १६:१५:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोना भाइरसको परीक्षण सुरु भएको छ । परीक्षण ल्याबको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । 

कारोना संक्रमणको शंका लागेका बिरामीको थ्रोट स्वाबको परीक्षण काठमाडौं बाहिर पहिलो पटक थालिएको हो । काठमाडौंको टेकु अस्पतालमा मात्र यसको परीक्षण हुँदै आएको थियो । रियल टाइम्स मेसिनबाट पोलिमेजर चेन्ज रिएक्सन (पिसिआर)को आधारमा ल्याब टेस्ट हुनेछ । 

उक्त ल्याबबाट दैनिक १२ जनासम्मको परीक्षण गर्न सकिने माइक्रोबाइलोजी विभागकी विभागीय प्रमुख प्राडा बशुधा खनालले जानकारी दिइन् । हाल यस ल्याबमा दैनिक १२ र मासिक तीन सय परीक्षण गर्न सकिने खनालले बताइन् । 

आधुनिक मेसिन भएकाले रिपाेर्ट  गुणस्तरीय हुने प्रतिष्ठानले दाबी गरेको छ ।