१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७६ चैत १६ आइतबार १५:१६:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनपछि कावासोतीका तरकारी किसान मारमा, दैनिक एक लाखको तरकारी खेर गयो

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७६ चैत १६ आइतबार १५:१६:००

लकडाउनपछि पूर्वीनवलपरासीको कावासोतीका किसानको दैनिक करिब एक लाख रुपैयाँबराबरको तरकारी खेर गएको छ । 

किसानले उत्पादन गरेका तरकारी  बजारसम्म पुऱ्याउन कठिन भएपछि तरकारी खेर गएको हो । 

कावासोती तरकारी तथा फलफूल उत्पादक तरकारी सहकारी संस्थाका अध्यक्ष लेखनाथ बस्यालका अनुसार पूर्वीनवलपरासीको कावासोती र हुप्सेकोटमा मात्रै गरेर ४० बिघामा लगाइएको व्यावसायिक तरकारी खेतीबाट उत्पादन भएको दैनिक एक लाख रुपैयाँबराबरको तरकारी खेर गएको छ । 

व्यापारीहरूले कोरोनाको त्रासका कारण तरकारी पसलसमेत खोल्न नमानेको र खोलेको तरकारी पसलमा समेत खासै ग्राहक नआएका कारण तरकारी बिक्री नभई खेर गएको उनले बताए । 

कावासोतीको गैरी, कोइलापानी, हसौरा, हुप्सेकोट गाउँपालिकाको वडा नं. १, ३ र ४ मा गरी ४० बिघामा किसानहरूले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । 

अहिले बारीमा काँक्रो, करेला, घिरौँला, फर्सी, लौका, बोडी, बन्दा, काउलीलगायतका तरकारी फले पनि बिक्री नभएर खेर गएको उनले बताए । 

बस्यालका अनुसार कावासोतीमा अहिले दैनिक १०/१२ क्विन्टल घिउसिमी, टमाटर दैनिक ३० क्विन्टल, काँक्रो, लौका, करेला दैनिक ६ टन उत्पादन हुने गर्छ । 

लकडाउनपछि केही तरकारी पोखरा, काठमाडौं र बुटवलमा पठाइए पनि बिक्री नभएको बस्यालले बताए । 

त्यसैगरी कावासोतीमा अहिले करिब आठ बिघा क्षेत्रफलमा लगाइएको केरा बिक्रीका लागि लगिनुपर्ने भए पनि त्यत्तिकै रहेको किसानले बताएका छन् । 

बस्यालका अनुसार कावासोतीमा २० बिघाभन्दा बढी क्षेत्रमा केराखेती भएकोमा आठ बिघा क्षेत्रफलमा रहेको केरा बिक्री हुन बाँकी छ । लकडाउनपछि केरा बिक्री नभएपछि बोटमा नै पाकेर  खेर जान थालेको उनले बताए ।