मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत १६ आइतबार ११:३६:००
Read Time : > 2 मिनेट
सप्तरंग

कस्ताे छ गायक-गायिकाको ‘लकडाउन’ दैनिकी ?

Read Time : > 2 मिनेट
२०७६ चैत १६ आइतबार ११:३६:००

गायक दीपक बज्राचार्य र उनको ब्यान्ड ‘द रिदम’का सदस्यहरू हाल ललितपुर चुनिखेलस्थित ‘मेरो घर’ नामक होमस्टेमा क्वारेन्टाइनमा छन् । उनीहरू अस्ट्रेलियाको कन्र्सटमा सहभागी भएर ५ चैतमा स्वदेश फिरेका हुन् । क्वारेन्टाइनमै उनीहरूले सामाजिक सञ्जालमार्फत ‘म्युजिकल मेडिसिन’मा ह्यासट्यागमा ‘लाइभ पर्फर्मेन्स’ गरिरहेका छन् ।

गायक दीपक बज्राचार्य आफ्नो ब्यान्ड ‘द रिदम’का सदस्यहरूसँगै ललितपुरमा बस्तीभन्दा टाढाको होमस्टेमा क्वारेन्टाइनमा छन् । र, त्यहीँबाट सामाजिक सञ्जालमार्फत ‘म्युजिकल मेडिसिन’ ह्यासट्यागमा ‘लाइभ पर्फर्मेन्स’ गरिरहेका छन् ।

उनीहरू काठमाडौं उत्रिँदा नेपालमा अहिलेजस्तो कोरोनाको त्रास सुरु भएको थिएन । तर, विदेशबाट आएको हुनाले उनीहरूले क्वारेन्टाइनमा बस्ने निर्णय गरे । स्वदेश फर्किंदै गर्दा उनीहरूले १४ दिनलाई पर्याप्त हुने खाद्यान्नसहित एकान्तकुनाबाट करिब १० किलोमिटर टाढाको उक्त होमस्टे बुक गरिसकेका थिए । अहिले उनीहरू सोही होमस्टेमा बसिरहेका छन् । ‘स्वदेश फर्किन पाए पनि परिवारका सदस्यसँग फोनमा मात्र कुराकानी भइरहेको छ,’ बज्राचार्य भन्छन् ।

उनीहरू क्वारेन्टाइनमा बसिरहँदा सरकारले देशव्यापी ‘लकडाउन’ घोषणा ग-यो । त्यसलगत्तै युनिसेफकी दक्षिण एसिया कार्यालयकी उच्च अधिकारी लैला उनीहरूलाई भेट्न आइन् । र, कोराना भाइरसविरुद्ध जनचेतनामूलक कार्यक्रम ‘म्युजिकल मेडिसिन’ सुरु गर्न सुझाइन् । कन्र्सटबाटै फर्किएका भएर बाजा उनीहरूको साथमै थिए । सुरुमा प्रचारप्रसारविनै लाइभ पर्फर्मेन्स सुरु गरेका उनीहरूले आधा घन्टामै १० हजार ‘रियल टाइम भ्युअर्स’ पाए ।

दैनिक उनीहरूका भ्युअर्स बढ्दो क्रममा छन् । अपराह्न ३ देखि ५ बजेसम्म लाइभ गर्छन् । ‘यसमार्फत क्वारेन्टाइनको पट्यारलाग्दो बसाइमा केही त्राण पाएका छौँ,’ बज्राचार्य भन्छन्, ‘र, दर्शकहरूमाझ राम्रो उपस्थिति पनि जनाउन पाएका छौँ ।’

गायक धीरज राईको दिनचर्या भने बज्राचार्य र उनको ‘द रिदम’ ब्यान्डका सदस्यहरूभन्दा फरक छ । १२ वर्षयता ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाइरहेका उनले लकडाउनको समयलाई बुद्धसम्बन्धी किताब लेखनमा लगाएका छन् । १२ वर्षे अभियानमा आफूले संकलन गरेका बुद्धसम्बन्धी प्रमाण, गलत व्याख्या र भ्रमलाई पुस्तकाकार दिने प्रयत्नमा छन्, उनी । लकडाउन अघिसम्म उनी विभिन्न राजनीतिकर्मी र सेलेब्रिटीहरूसँग आफ्नो अभियानका क्रममा जनचेतना अभिवृद्धिमा व्यस्त थिए ।

गायिका इन्दिरा जोशीले ‘लकडाउन’लाई आराम गर्न पाएको छुट्टीका रूपमा लिएकी छन् । भन्छिन्, ‘आफूलाई समय दिन सकेकामा राहत महसुस भएको छ ।’

पालमा पनि कोरोनाको प्रभाव सुरु भएपछि करिब ५० जना नेपाली सेलेब्रिटीका साथमा लाइभ प्रसारणमा पनि व्यस्त छन्, उनी । २१औँ शताब्दीलाई ‘एज अफ डिप्रेसन’ भन्न रुचाउने गायक राई बिस्तारै मानिस भौतिकबाट आध्यात्मिक संसारतर्फ आकर्षित हुने विश्वास गर्छन् । ‘र, त्यतिवेला बुद्धका दर्शन उपयोगी हुनेछन्,’ उनी भन्छन् । नेपालको चिनारीका रूपमा उनी सगरमाथा, बुद्ध र गोर्खाली जातिलाई मान्छन् । बुद्ध सम्बन्धमा फैलाइएका अफवाहले नेपालको चिनारी संकटमा पर्ने उनको ठम्याइ छ । ‘लकडाउन’को समय उनी कोरोनासम्बन्धी गीत तयार पार्दै परिवारसँग रमाइरहेका छन् ।

गायक बबिन प्रधान पनि परिवारसँग समय बिताइरहेका छन् । दिउँसो केही समय सांगीतिक माहोल सिर्जना गर्छन्, घरमै । त्यसबाहेक भान्सामा पसेर विभिन्न परिकार बनाउँदै रमाउँछन् । यस्तै, गायिका इन्दिरा जोशीले ‘लकडाउन’लाई आराम गर्न पाएको छुट्टीका रूपमा लिएकी छन् । बिहान ‘हेल्दी ब्रेकफास्ट’सहित उनको दैनिकी सुरु हुन्छ । कपडा मिलाउने, जाडोका कपडा थन्क्याउने, काम नलाग्ने सामान छुट्याउने, फिल्म हेर्नेलगायत दिनचर्या छ, उनको । ‘आफूलाई समय दिन सकेकामा राहत महसुस भएको छ,’ उनी भन्छिन् ।

सांगीतिक ब्यान्ड ‘मंकी टेम्पल’का भोकलिस्ट सरिन देउजा पनि परिवारमै रमाइरहेका छन् । व्यस्त जीवनशैलीबाट छुटकारा पाएजस्तो भएको छ, उनलाई लकडाउन । बढी समय उनले छोरालाई दिइरहेका छन् । उनीसँग खेल्ने, खानपिन र होमवर्क गराउनमा व्यस्त राखेका छन्, आफूलाई । त्यसबाहेक संगीत क्षेत्रका साथीभाइले सामाजिक सञ्जालमार्फत आयोजना गर्ने गितार च्यालेन्जजस्ता सांगीतिक गतिविधिमा पनि संलग्न छन् । लकडाउनको समय उनलाई झिँझो भने लाग्न थालेको छ ।

काठमाडौं गैरीधारास्थित ‘सोसल क्याफे’ले यही समयमा ‘म्युजिकल आउटब्रेक’ नाम दिएर फेसबुक लाइभ गर्दै आएको छ । सरिनले पनि गत बिहीबार त्यसमा प्रस्तुति दिए । ‘कब वेब’ र ‘अल्बाटर्स’ ब्यान्डले पनि आ–आफ्नो प्रस्तुति दिइसकेका छन्, त्यसमा । ‘आलस्यताको समयलाई यस्तै सिर्जनशील काममा लगाइरहेको छु,’ सरिन भन्छन्, ‘सबै सतर्क र सचेत रहनुपर्ने समय पनि हो यो ।’