१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १६ आइतबार ११:३४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

‘वर्क फ्रम होम’ कसरी गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १६ आइतबार ११:३४:००

‘वर्क फ्रम होम’ अवधारणा, चीनको वुहान प्रान्तबाट उद्गम भएको कोभिड–१९ सँगै फैलियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहज रूपमै सर्न सक्ने यस भाइरसको कारण विश्वभरका अधिकांश संक्रमित सहरहरू ‘लकडाउन’ भएका छन् । ‘लकडाउन’सँगै अधिकांश कार्यालय बन्द भएका छन् । सरकारी तथा निजी कार्यालयको काम निजी कोठाबाटै हुन थालेको छ । डेटलाइनमा काम सकाउन व्यस्त हुन डेक्सटप, कार्यालयका सहकर्मीसँगको रमाइलो छेडछाड, गसिप कार्यालयको वातावरणबाट एक्लै कोठामा ल्यापटपबाट काम गर्नु केही दिनका लागि रोचक भए पनि बिस्तारै ‘मोनोटोनस’ हुन थाल्छन् । कार्यालयको वातावरण पक्कै पनि नहुने महसुस धेरैलाई भइसक्यो नै होला । यस्तो समयमा एकाग्र रूपमा कसरी अफिसका काम गर्न सकिन्छ ?

कार्यालयसँग सम्पर्कमा रहिरहने
सामूहिक रूपमा गरिने कार्य उत्पादनशील हुन्छ । एक्लै काम गर्दा हामीलाई निरीक्षण गर्ने कोही हुँदैन यस कारण आलस्यता तथा कार्यालयमा हुँदाजस्तो काम नहुन पनि सक्छ । काममा तत्परताको कमीजस्ता यावत् समस्या आउन सक्छन् । 

यसकारण, कार्यालयका सहकर्मीहरूसँग समय–समयमा सम्पर्कमा रहने तथा अपडेट भइरहने कारण काम चुस्त रूपमा गर्न सकिन्छ ।  जति बढी कार्यालयका कर्मचारीसँग अन्तक्र्रिया भयो, त्यति प्रभावकारी हुन्छ ।

घर पनि अफिससरहकै मानसिकता राख्ने
घर बस्दा सामान्य कपडामा बस्ने हामी अफिस जाँदा आकर्षक व्यक्तित्व झल्कने पहिरनमा सजिएर जाने गर्छौँ । लामो समय घरमा रहँदा काममा कार्यालयको जस्तो माहोल आफैँ पनि बनाउन सकिन्छ । अफिस जाँदा लगाइने पहिरनमा काम गर्दा काममा सहज हुन सक्छ ।

समय–समयमा ब्रेक लिने
घरबाटै काम गर्दा ध्यान केन्द्रित गर्नका लागि हामी एक्लै रहने प्रयास गर्छौँ । तर, हरेक समय एकल रहनु प्रभावकारी नहुन पनि सक्छ । एकै वातावरणमा जब बानी पर्छ, तब एक्कासि आउने परिवर्तन आत्मसात् गर्न पक्कै पनि समय लाग्छ । कार्यालयका काम घरबाटै गरिनु पनि सोही बानीको उपज हो ।

घरको समय र अफिसको समय छुट्याउने
घरमै रहँदा सानातिना काम देखिन्छ । जसको कारण काममा ध्यान केन्द्रित गरिरहन सकिँदैन । अफिसका कार्य र घरको कार्य गर्ने समय तय गर्दा अझ प्रभावकारी हुन्छ ।

घरकै सानो कोठामा अफिसको संचरना तयार गर्ने
घरको सानो कोठामा अफिसको सानो संरचना बनाउन सकिन्छ । जसका कारण काम गर्न सहज हुन्छ । सहज कुर्सी, पर्याप्त पानी र खुला वातावरण कामका लागि सुन्दर वातावरण बन्छ । यसले काममा ध्यान पनि केन्द्रित हुन्छ ।