१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
डा. भोला रिजाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १६ आइतबार १०:५८:००
Read Time : < 1 मिनेट
नयाँCity

उमेरले जोखिम छ, त्यसैले पूर्ण ‘लकडाउन’मा छु : डा. भोला रिजाल

सेल्फ आइसोलेसनमा डाक्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १६ आइतबार १०:५८:००

‘लकडाउन’ भएपछि हामी श्रीमान्–श्रीमती घरमै सरकारको आज्ञाकारी भएर बसेका छौँ । ७२ वर्ष पुगेँ । आफ्नो उमेरले गर्दा पनि बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहन सक्दिनँ । यो उमेर कोरोना भाइरसको सन्दर्भमा निकै जोखिमपूर्ण मानिन्छ । काम परेको समयमा मेडिकल टिमलाई फोनबाट सल्लाह दिइरहेको छु । 

७२ वर्ष पुगेँ । आफ्नो उमेरले गर्दा पनि बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहन सक्दिनँ । यो उमेर कोरोना भाइरसको सन्दर्भमा निकै जोखिमपूर्ण मानिन्छ । त्यसैले आज्ञाकारी बनेर घरमै ‘लकडाउन’मा छु ।

कसैलाई इमर्जेन्सी परेको खण्डमा अस्पतालमा मेरो टोली तयारी अवस्थामा छ । नेपाल मेडिकल कलेज र ह्याम्स अस्पतालमा पनि आइसोलेसनको व्यवस्था गरिएको छ । ह्याम्समा २० वटासम्म आइसोलेसन शय्याको व्यवस्था मिलाएका छौँ ।

सात महिनाअघि मेरो स्पाइनल सर्जरी भयो । त्यसका कारण पनि आफूलाई एकदम सुरक्षित राखेको छु । घरमै दैनिक फिजियोथेरापी गर्छु । केही दिनअघि कोरोनाको गीत पनि बनाएर दिएँ । गर्भवतीहरूले कोरोनाबाट कसरी बच्ने भनेर चेतना दिइरहेको छु । आफूले जानेबुझेका कुरा अरूसँग सक्दो साटिरहेको छु ।

यो फुर्सदमा पुराना गीतलाई हेर्ने र तिनलाई सच्याउने गरिरहेको छु । चारवटा किताब पनि पाइपलाइनमा छन् । गीतका किताब, आत्मकथा र एउटा विशेष किताबका लागि सक्दो समय दिइरहेको छु । पूर्ण रूपमा सामाजिक दूरी अपनाइरहेको छु ।

आफन्त या मन लागेका व्यक्तिसँग फोनबाटै सम्पर्कमा रहिरहेको हुन्छु । यो अवस्थामा दैनिक ज्याला गरेर खानेले दुःख पाउलान् भन्ने डर पनि लागिरहेको छ । यो कुरालाई आफैँले बुझेर सरकारले ती व्यक्तिलाई अहिलेदेखि नै हेर्नुपर्छ । यो अनुरोध सबैलाई गरिरहेको छु । हामी कोही पनि घरबाट ननिस्किऔँ । आफू जोगिनु भनेको नै अरूलाई जोगाउनु हो ।