मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका हुम्ला
२०७६ चैत १६ आइतबार ११:०३:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनको मार : नेपालगञ्ज विमानस्थल वरपरका होटेलमा थन्किए सयौँ हुम्ली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका हुम्ला
२०७६ चैत १६ आइतबार ११:०३:००

नेपालगञ्ज विमानस्थलका वरपरका होटेलमा सयौँको संख्यामा हुम्लीहरू अलपत्र परेका छन् । 

देशका विभिन्न स्थानबाट घर फर्कन लागेका उनीहरू लकडाउनपछि अलपत्र परेका हुन् । 

नेपालगञ्जबाट उड्ने हवाई सेवा रोकिएपछि उनीहरू घर फर्कन पाएनन् । 

अहिले उनीहरू नेपालपगञ्ज विमानस्थलनजिकैका होटेलमा बसेका छन् । 

होटेल सञ्चालकहरूले पनि आ–आफ्नो गन्तव्यतर्फ जान दबाब दिएको हुम्ला चखेली गाउँपालिकाका गगन बुढाले बताए । 

उनले होटेलमा बसिरहन पैसा नभएको र होटेल सञ्चालकले समेत आफ्नो गन्तव्यमा जान भनेपछि अन्योल भएको उनले बताए । 

होटेलमा बसिरहेका अर्का हुम्ली युकेश बुढाले गन्तव्यसम्म पुग्न सरकारसँग व्यवस्था गरिदिन माग गरे ।