मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका धनगढी
२०७६ चैत १६ आइतबार ०८:००:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोना रोकथामका लागि सिद्धार्थ बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धनगढी
२०७६ चैत १६ आइतबार ०८:००:००

सिद्धार्थ बैंक लिमिटेडले कोरोना संक्रमण रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई १० लाख रुपैयाँ नगद आर्थिक सहयोग गरेको छ । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख पवनचन्द्र अधिकारी र धनगढी शाखा प्रमुख नितेश श्रेष्ठले १० लाख रुपैयाँको चेक प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरे ।

चेक बुझ्दै मुख्यमन्त्री भट्टले विपद्का वेला सरकारलाई सबैको सहयोगको खाँचो रहेको बताए । संकटका वेला बैंकले गरेको सहयोग महत्वपूर्ण रहेको उनले बताए ।कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने मुख्यमन्त्री भट्टले बताए । कोरोना रोकथामको प्रयासमा सहयोग गरिएको बैंकले जनाएको छ ।