१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी टोकियो
२०७६ चैत १६ आइतबार ०७:२८:००
Read Time : < 1 मिनेट
खेलकुद

छनोट भइसकेका  खेलाडीले अर्काे वर्ष पनि मान्यता पाउने 

Read Time : < 1 मिनेट
एजेन्सी टोकियो
२०७६ चैत १६ आइतबार ०७:२८:००

कोरोना भाइरस संक्रमण त्रासका कारण एक वर्षपछि सारिएको टोकियो ओलम्पिक खेलकुदका लागि यसअघि नै सम्पन्न छनोट प्रतियोगिताले मान्यता पाउने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पछिल्लो निर्णय गरेको हो । 

यसै वर्षको जुलाई–अगस्टमा जापानको टोकियोमा हुने भनिएको टोकियो ओलम्पिक खेलकुद कोरोना भाइरसका कारण अर्काे वर्षका लागि सारिएको छ । प्रतियोगिताका लागि ६ हजार दुई सय खेलाडी छनोट भइसकेको आइओसीले जनाएको छ ।

आइओसीको यो निर्णयमा ओलम्पिक खेलकुदमा समावेश सबै खेलका अन्तर्राष्ट्रिय निकायले सहमति जनाइसकेका छन् । यो निर्णयले टोकियो ओलम्पिकका लागि छनोट भइसकेका सबै खेलाडीले राहत महसुस गरेका छन् । टोकियो ओलम्पिकमा ३३ खेल समावेश गरिएका छन् ।

यससँगै बाँकी रहेका छनोट प्रतियोगितालाई आइओसीले कसरी सञ्चालन गर्छ भन्ने हेर्न बाँकी छ । कोरोना भाइरस महामारीका रूपमा विश्वभर फैलिएसँगै टोकियो ओलम्पिकका लागि तय भएका सबै खेलको अन्तिम चरणका छनोट प्रतियोगितासमेत स्थगित गरिएका छन् ।

‘आइओसीको प्रस्तावलाई सबै खेलका अन्तर्राष्ट्रिय निकायले सहमति जनाएका छन्,’ विश्व एथलेटिक्स संघका अध्यक्ष सेब कोईले भने, ‘प्रतियोगिता स्थगित हुनुभन्दा पहिले छनोट भइसकेका सबै खेलाडीले अर्काे वर्ष पनि प्रतिस्पर्धा गर्न पाउने भएका छन् । अब रोकिएका सबै छनोट प्रतियोगिता पनि उस्तै पारदर्शी तरिकाबाट हुनुपर्नेछ ।’