मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत १५ शनिबार २२:०३:००
Read Time : < 1 मिनेट
समाचार

बिरामीलाई मेडिकल कलेजले एम्बुलेन्सबाटै फर्काइदियो

Read Time : < 1 मिनेट
२०७६ चैत १५ शनिबार २२:०३:००

तानसेनस्थित लुम्बिनी मेडिकल कलेजले बिरामीलाई एम्बुलेन्समै सोधपुछ गरी फर्काइदिएको छ । बगनासकाली गाउँपालिका– २ पोखराथोकका २० वर्षीय दामोदर कुमाललाई कलेजले घरमा एक्लै बस्न र अन्त ननिस्कन भन्दै फर्काइदिएको हो । 

ज्वरो, रुघाखोकी र थकान महसुस भएपछि छिमेकीको सल्लाहमा अस्पताल गएको, तर अस्पताल पुग्नासाथ एम्बुलेन्सबाटै नझर्न भनेको कुमालले गुनासो गरे । अस्पतालले एम्बुलेन्सबाट नझर्न भन्दै घरमा नै बस्न भनेपछि फकिर्नुपरेको उनले बताए । कुमाल भारतको मुम्बैबाट गोरखपुर, सुनवलबाट माइक्रोमा बुटवल र बुटवलबाट पोखरा जाने रात्रिबसमा गत ९ चैतमा घर आएका थिए । 

कोरोना भाइरससँग मिल्ने केही लक्षण देखिएकाले परीक्षण र उपचारका लागि अस्पताल गएको उनले बताए । मेडिकल कलेजले भने परीक्षण गरेर औषधि दिएर मात्र पठाएको दाबी गरेको छ ।