मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत १५ शनिबार १८:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

आइसोलेसन र तीव्र परीक्षण कोरोनाविरुद्धको प्रमुख हतियार : अनुसन्धान 

Read Time : < 1 मिनेट
२०७६ चैत १५ शनिबार १८:१८:००

विश्व स्वास्थ्य संगठनको सहकार्यमा बेलायतको इम्पेरियल कलेज विश्वविद्यालयले गरेको अनुसन्धानले आइसोलेसन, सामाजिक दूरी र तीव्र परीक्षणलाई कोरोनाविरुद्ध मुख्य हतियारका रूपमा प्रयोग गर्न सुझाएको छ ।

विश्वले ‘सोसल डिस्ट्यान्सिङ, आइसोलेसन, तीव्र परीक्षणलगायतका रोकथामका कदम नचालेको भए ९० प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित हुने अवस्था रहेकाे अनुसन्धानले देखाएको छ । उक्त अनुसन्धानले दुई सयभन्दा बढी देश र क्षेत्रमा संक्रमण फैलिसकेको र तीमध्ये धेरै देशको स्वास्थ्य सुविधा पहिलेदेखि नै कमजोर रहेको कारण यी कुराले मात्रै संक्रमण रोक्न सक्ने उल्लेख गरेको छ ।

म्यारिल्यान्डको जोन्स हप्किन्स विश्वविद्यालयले २६ मार्चका दिन  कोभिड– १९ बाट संक्रमित हुनेको संख्या पाँच लाख पुगेको जनाएको थियो । वल्ड्रोमिटरका अनुसार आज अर्थात् २८ मार्चमा यो समाचार लेख्दासम्म संक्रमितको संख्या करिब ६ लाख (पाँच लाख ९७ हजार) छ । यसको अर्थ कोभिड– १९बाट दुई दिन नपुग्दै एक लाख मानिस संक्रमित भइरहेका छन् ।  

बेलायतका प्रधानमन्त्री र स्वास्थ्यमन्त्री संक्रमित पाइएको दिन २६ मार्चमा विश्वविद्यालयले उक्त अनुसन्धान सार्वजनिक गरेको थियो । 

अनुसन्धानकर्ताहरूले लकडाउनले पार्ने आर्थिक र सामाजिक नोक्सानीको मूल्यांकन नगर्ने उल्लेख गरेका छन्र । ठूलाे आर्थिक नोक्सानी हुने भए पनि सरकारले कडा रूपमा गर्ने लकडाउनले मात्रै लाखौँको ज्यान जोगिने उक्त अनुसन्धानले भनेकाे छ ।

कोभिड– १९ को महामारीले विश्लाई गम्भीर स्वास्थ्य संकटमा पारेको छ । समस्याजस्तै कडा कदम प्रत्येक देशले  चालेमा मात्रै यो महामारीबाट छिटो मुक्ति मिल्नेछ ।

यसका लागि प्रत्येक देशले आउँदा हप्तामा कसरी र कस्ता कदम चाल्छन् भन्ने कुरामा निर्भर गर्छ । प्रत्येक देशले प्रभावकारी खोप या औषधि नबनेसम्म खाद्यान्न एवं अत्यावश्यक सुविधा कायम गरेर भाइरस नियन्त्रणमा नआउन्जेल लकडाउनमा बस्न सक्ने हुनुपर्ने अध्ययनको निष्कर्ष छ ।