१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १४ शुक्रबार १९:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडौंबाहिर पहिलो कोरोना संक्रमित भेटियो

सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १४ शुक्रबार १९:३२:००

काठमाडौं बहिर पहिलो कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । योसँगै कोरोना संक्रमितको संख्या नेपालमा चार पुगेको छ ।

धनगढीका ३४ वर्षीय पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनी दुबईबाट आएको भए पनि कुन जहाजबाट कहिले आएका थिए भन्ने यकीन भएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप विवरण प्रदेशबाट आएपछि जानकारी गराउने बताए । ती पुरुषको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ । प्रवक्ता देवकोटाका अनुसार ती व्यक्ति ११ चैतमा स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भई उपचाररत अन्य दुई जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ । डा. देवकोटाले संक्रमित दुवै जनाको स्वास्थ्य राम्रो रहेको बताए ।