Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
जियोङमिन सियोङ / जोनाथन वुट्जेल
२०७५ माघ ८ मंगलबार ०९:४६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

के चिनियाँ अर्थतन्त्र आफैँतिर फर्किन सक्छ ?

Read Time : > 3 मिनेट
जियोङमिन सियोङ / जोनाथन वुट्जेल
२०७५ माघ ८ मंगलबार ०९:४६:००

व्यापारयुद्ध बढिरहेमा चीन र अमेरिका दुवै तुलनात्मक रूपमा एक्लिन सक्ने देखिएको छ । चीनको अमेरिकामा भएको निर्यातले कुल ग्राहस्थ  उत्पादन (जिडिपी)को जम्मा ४ प्रतिशत हिस्सा ओगटेको थियो भने उसले अमेरिकाबाट गरेको आयात जिडिपीको १ प्रतिशत मात्रै थियो । अमेरिकामा भने यस्तो अनुपात १ प्रतिशत र ३ प्रतिशत थियो । तर, यी संख्याहरूलाई अलग्गै राख्ने हो भने विश्वका यी दुई ठूला अर्थतन्त्रको विश्वव्यापीकरणबाट फिर्ता हुन महत्वपूर्ण लागत खर्च हुन्थ्यो ।

जियोङमिन सियोङ / जोनाथन वुट्जेल

चीनले आफ्नो अर्थतन्त्रलाई निर्यातभन्दा बाहिर लगेर सन्तुलन ल्याउन खोजिरहेको छ । सन् २०१५ यता १५ वटामध्ये १० वटा त्रैमासमा चीनको घरेलु उपभोगले जिडिपीमा ६० प्रतिशतभन्दा बढीको योगदान दिएको छ । सन् २०१८ को पहिलो अर्धवार्षिक अवधिसम्म यो हिस्सा ८० प्रतिशतसम्म उक्लिएको थियो । उपभोक्ता वस्तुहरूमा चीन अहिले विश्वकै सबैभन्दा ठूलो बजार हो । यो वर्षको पहिलो त्रैमासमा चीनले अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो बक्स अफिस बन्यो । चीनले विश्वव्यापी अटो बिक्रीमा ३० प्रतिशत र विश्वव्यापी खुद्रा इ–कमर्स व्यवसायमा ४२ प्रतिशत हिस्सा ओगटेको छ । 


विश्वसनीय परामर्शदाता संस्था म्याकेन्सी ग्लोबल इन्सटिच्युटका अनुसार सन् २००० देखि सन् २०१७ सम्म व्यापार, प्रविधि र पुँजीका आधारमा विश्वकै चीनप्रतिको उदारपन बढेको छ । चीनको विश्वमाथिको उदारपन सन् २००७ मा उचाइमा पुगेको थियो, तर त्यसयता भने घट्दै गएको छ । सन् २००८ मा चीनको खुद व्यापार बचतले जिडिपीको ८ प्रतिशत हिस्सा ओगटेको थियो भने सन् २०१७ मा आइपुग्दा यो १ दशमलव ७ प्रतिशतमा झरेको थियो । यो जर्मनी र दक्षिण कोरियाको जिडिपीको ५ देखि ८ प्रतिशत बचतको तुलनामा कम हो । 

चीन विश्वव्यापी अर्थतन्त्रको चालक बनिरहेको अवधिमा विश्वलाई उसले आफ्नो अर्थतन्त्र खुला गर्नुको गति गुम्दै गएकोजस्तो देखिन्छ । सन् २००१ मा चीन विश्व व्यापार संगठनमा आबद्ध भएपछि उसले महसुल आधाले घटाउँदै सन् २००८ सम्म आइपुग्दा ८ प्रतिशतमा झारिसकेको थियो । तर, सन् २०१६ मा पुनः ९ दशमलव ६ प्रतिशतमा उक्लियो । यो दर अमेरिका र युरोपको औसत महसुलदरभन्दा दोब्बर हो । सोही समयमा सेवा क्षेत्रमा विदेशी पुँजीको आप्रवाहमाथिको चिनियाँ बाधा उचाइमा पुग्यो । सरकारले ‘मेड इन चाइना २०२५ योजनाअन्तर्गत कम्तीमा स्थानीय कम्पनीको प्रवद्र्धन गर्नतिर लाग्यो ।’

तैपनि यी प्रवृृत्तिले चीनले विश्वसँग आफूलाई अलग राख्न खोजेको अर्थ दिँदैन । वास्तवमा चीनको स्वतन्त्रता सम्भव नहुनुमा पाँच कारण प्रमुख छन् । पहिलो त चीन विदेशी प्रविधिमा निर्भर छ । सन् २०११ देखि सन् २०१६ का बीच भएको चीनको आधाभन्दा बढी प्रविधि अमेरिका (२७ प्रतिशत), जापान (१७ प्रतिशत) र जर्मनी (११ प्रतिशत) बाट आयात भएको थियो । घरेलु स्तरमा नवप्रवर्तन प्रवद्र्धन गर्न चीनले थुपै्र प्रयास गरेको भए पनि विगत २० वर्षमा यो संख्यामा मुस्किलले कमी आएको छ । चीनले यदि आफूलाई बन्द गर्ने हो, यसले छिमेकी राष्ट्रको आर्थिक सम्भावनालाई पनि क्षति पु¥याउँछ र आफ्नो नजिकको क्षेत्रलाई नै अस्थिर बनाउने चाहिँ दोस्रो कारण हो । 

उदाहरणका लागि अमेरिका–चीन व्यापारमा आएको कमीले मलेसिया, सिंगापुर र दक्षिण कोरियाले जिडिपीको शून्य दशमलव ५ प्रतिशतदेखि साढे १ प्रतिशतसम्म गुमाउन सक्ने ओइसिडीले हालै गरेको विश्लेषणले देखाएको हो । यसले क्षेत्रको व्यापार ‘एंकर’ बन्ने चीनको आकांक्षालाई प्रभावित पार्न सक्छ । यसले चीनमा लगानी त गुम्छ नै साथै उसले आफ्नो अर्थतन्त्रमा बहुराष्ट्रिय कम्पनीहरूले कसरी काम गर्छ भन्ने कुरा बुझ्ने तेस्रो कारण हुन सक्छ । 

सन् २०१५ मा चीनमा कुल ४ लाख ८१ हजारवटा (सन् २००० को तुलनामा दोब्बरभन्दा बढी) विदेशी उद्योगहरू थिए । त्यहाँ करिब १ करोड ४० लाखजना कामदार कार्यरत रहेका थिए । चीनले कुल निर्यातको ४० प्रतिशत विदेशी कम्पनी वा विदेशी घरेलु संयुक्त उद्योगले उत्पादन गर्छ । चीनमा ८७ प्रतिशत इलेक्ट्रोनिक्स र ५९ प्रतिशत मेसिनरी विदेशी कम्पनीले उत्पादन गर्छ । हालको व्यापार विवादले यी क्षेत्र सबैभन्दा बढी प्रभावित भएकोमा कुनै शंका छैन । 

अमेरिकन चेम्बर अफ कमर्सले चीनमा गरेको सर्वेक्षणले विदेशी लगानीमा बढ्दो व्यापारयुद्धले पारेको प्रभावमाथि प्रकाश पारेको छ । ३१ प्रतिशत अमेरिकी कम्पनीले आफ्नो लगानीसम्बन्धी निर्णय रद्द गर्ने वा ढिलो गर्ने बताइसकेका छन् । त्यस्तै १८ प्रतिशत कम्पनीले आफ्ना सबै उत्पादन उद्योगहरू चीनबाहिर सार्ने र ३ प्रतिशतले चिनियाँ बजारबाटै आफू बाहिरिने बताइसकेका छन् । 

चौथो हो, व्यापारमा गरिने कटौतीले आफ्नो घरेलु अर्थतन्त्रका थुपै्र अप्रभावकारिताहरूलाई कम गर्न चीनलाई आवश्यक पर्ने सुधारको गतिलाई नै हानि पुग्नु । उदाहरणका लागि, यदि चीन व्यापारमा भएको घाटाको भरपाइ गर्न बढीभन्दा बढी तरलता प्रवाह गर्न बाध्य भयो भने उच्च ऋणसँग सम्बन्धित जोखिमको व्यवस्थापन गर्न वित्तीय प्रणालीलाई सही स्थानमा राख्ने उसको प्रयास धुमिल बन्न सक्छ । त्यस्तै चीनको अनुत्पादक राज्यनियन्त्रित कम्पनीको सम्पत्तिमाथिको प्रतिफल निजी क्षेत्रका कम्पनीको तुलनामा ३०–५० प्रतिशत छ । उत्पादकत्व बढाउने एजेन्डाका रूपमा यसलाई पनि सुधार्न जरुरी छ । तर, यदि अर्थतन्त्रमाथि दबाब प¥यो भने रोजगारी घट्ने डरले यसमा पनि ढिलाइ हुन सक्छ । 

अन्त्यमा, विश्वव्यापी सम्बन्ध आर्थिक वृद्घिका लागि राम्रो हो भन्ने देखाउन प्रशस्त प्रमाणहरू उपलब्ध छन् । विगतको दशकमा भएका वस्तु, सेवा, पुँजी र डाटाको प्रवाहले विश्वको जिडिपीलाई १० प्रतिशतभन्दा बढीले बढ्न सहयोग गरेको छ । चीन बढी खुल्नाले अमेरिकालगायत सबैलाई चोट पुग्छ । चिनियाँ बजार, पुँजी प्रवाह, निर्यात र प्रतिभामाथिको पहुँचको कमी हुन्छ र परिणामस्वरूप, आर्थिक वृद्घि सुस्ताउँछ र मूल्य बढ्छ । उता अमेरिकी उद्योगको प्रतिस्पर्धाको न्यून स्तर पनि स्पष्ट छैनन् ।

चिनियाँ आयातका कारण अमेरिकी उपभोक्ता वस्तुको भाउमा अनुमानित २७ प्रतिशतको कटौती भएको छ । व्यापारमाथिको उच्च करले अमेरिकामा रहेका कम्पनीहरू सीधै प्रभावित हुन सक्छन् । चीनले अमेरिकामा गर्ने ७७ प्रतिशत निर्यात तयारी उत्पादन बनाउन प्रयोग गरिने पुँजीगत वस्तु वा इन्टरमेडियरी वस्तु हुने म्याकेन्से ग्लोबल ट्रेड डाटाबेसले बताएको छ । आफैँतर्फ फर्किनु चीनका लागि लोभलाग्दो कुरा हुन सक्छ, तर यसको आर्थिक लागत कति हुन्छ भन्नेचाहिँ महत्वपूर्ण  कुरा हो ।

साङहाईको म्याकेन्से ग्लोबल इन्स्टिच्युटमा सिनियर फेलो हुन्  जियोङमिन सियोङ र जोनाथन वुट्जेल म्याकेन्सेका सिनियर पार्टनर र म्याकेन्से ग्लोबल इन्स्टिच्युटका निर्देशक पनि हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१९
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org