मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका हुम्ला
२०७६ चैत १४ शुक्रबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार

६ महिनाकी छोरीको हत्या गर्ने बाबु प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका हुम्ला
२०७६ चैत १४ शुक्रबार १७:३२:००

आफ्नै छोरीको हत्या गरेको आरोप लागेका हुम्ला जिल्ला चंखेली गाउँपालिका– ३, कालम्बाडाका २९ वर्षीय दिनेश चौलागाईंलाई प्रहरी पक्राउ गरेको छ ।

दुई दिनअघि चौलागाईंले आफ्नी ६ महिनाकी छोरीको घरमै हत्या गरेको आरोप लागेको छ । 

प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीको नियन्त्रणमा रहेका चौलागाईंले छोरीको हत्या गरेको स्वीकार गरेको बताए ।

घटनास्थलबाट चौलागाईंलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको र उनले हत्याको स्वीकार गरेको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घरमा श्रीमान्–श्रीमतीबीच प्रायः झगडा भइरहने र श्रीमतीसँग झगडा भएको क्रममा आरोपी चौलागाईंले छोरीमाथि काठले प्रहार गरेको अनुमान गरिएको प्रहरीले जनाएको छ । 

बालिकाको शव जिल्ला अस्पतालमा शुक्रबार पोष्टमार्टम भएको छ ।