मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ चैत १४ शुक्रबार १५:१३:००
Read Time : < 1 मिनेट
समाचार

रौतहट एन्फा भवनमा क्वारेन्टाइन निर्माण

Read Time : < 1 मिनेट
२०७६ चैत १४ शुक्रबार १५:१३:००

स्थानीयलाई कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगाउन रौतहटको चन्द्रनिगाहपुरमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । 

महिला एकेडेमीका लागि अखिल नेपाल फुटबल संघ, एन्फाले निर्माण गरेको सुविधासम्पन्न आधुनिक भवनलाई चन्द्रपुर नगरपालिकासहितको चारवटा नगरपालिकाको सहयोगमा क्वारेन्टाइन बनाइएको हो ।

क्वारेन्टाइनमा ६० वटा बेड राखिनेछ भने चारैदिशामा सेन्ट्री पोष्टको निर्माण गरिएको छ । चन्द्रपुर नगरपालिकाको २० लाख, गुजरा नगरपालिका, वृन्दावन नगरपालिका र गडीमाई नगरपालिकाको जनही १० लाखको दरले ५० लाख रुपैयाँको बजेटमा यो क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो ।

कोरोना भाइरसविरुद्धको संक्रमण रोक्न स्थापना गरिएको क्वारेन्टाइनमा आंशकित व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिनेछ ।

भारतसँग खुला सीमा जोडिएको रौतहटमा भारतसहित तेस्रो मुलुकबाट समेत आउनेहरूमा कोरोनाको लक्षण देखिएमा क्वारेन्टाइनमा राखेर उपचार गर्न यस्तो व्यवस्था गरिएको नगरपालिकाहरूले जनाएका छन् । 

हरेक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्नुपर्ने भएपछि पूर्वाधार कमी भएका स्थानीय तहले अर्को स्थानीय तहसँग मिलेर क्वारेन्टाइन निर्माण गरेका छन् ।

यसअघि रौतहटको देबाही गोनाही, गौर, ईशनाथ, कटहरिया नगरपालिकाले क्वारेन्टाइन निर्माण गरिसकेका छन् ।