मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका जुम्ला
२०७६ चैत १४ शुक्रबार १४:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले बन्दीप्रत्यक्षीकरण निवेदनउपर सुनुवाइ गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जुम्ला
२०७६ चैत १४ शुक्रबार १४:२८:००

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले बन्दीप्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदनउपर सुनुवाइ गर्ने भएको छ । 

फैलिँदो कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै सर्वाेच्च अदालतको ७ चैतको निर्णयबमोजिम उच्च अदालतले चैत ९ देखि २२ गतेसम्म अन्य कामकारबाही रोकेर बन्दीप्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदनउपर मात्र सुनुवाइ गर्ने भएको हो । 

यस्ता निवेदनउपर सुनुवाइ गर्नका लागि न्यायाधीश राकेशकुमार निधिसहितको कर्मचारी व्यवस्थापन गरिएको अदालतका नायव सुब्बा गणेश आचार्यले जानकारी दिए । 

उनले भने, ‘अदालत पूर्ण रूपमा बन्द भएको छैन, महामारीसँग सम्बन्धित सेवालाई सर्वाेच्चको निर्णयअनुसार खुला गरिएको छ ।’