मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०८:००:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण बहुउपयोगी छ बेसार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ०८:००:००

बेसार बहुउपयोगी औषधीय गुण भएको खाद्यपदार्थ हो । यो नेपाली भान्साका लागि अत्यावश्यक मसला हो । विशेषगरी, यसले खानामा रङ र स्वाद प्रदान गर्छ ।

औषधीय गुण

-आयुर्वेदमा समेत बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरिएको छ । 
 -आजभोलि, चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व  आदि प्रचुर मात्रामा पाइन्छन् । 
- बेसारको रङ पहेँलो हुन्छ । कुरकुमिन नामक रसायनले यसको रङ पहेँलो बनाएको हो । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महत्व  छ । यसर्थ, कतिपय हिन्दू संस्कारमा बेसारलाई विशेष महत्व  दिई उपयोग गरिन्छ ।  

बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले प्रमाणित गरेको छ


- दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । त्यस्तै, महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ । 
- एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छन् । 
- मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ । 
- पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्या बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ । 
- मधुमेहका बिरामीका लागि बेसार अचुक औषधि मानिन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ । 
- बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ । 
- बेसार छालाका लागि एकदमै उपयोगी हुन्छ । यसर्थ, आजभोलि बेसारलाई सौन्दर्य प्रसोधनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउन मद्दत गर्छ । 
- मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीको रससँग बेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ ।