मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन प्यासी काठमाडाैं
सागर चन्द काठमाडाैं
२०७६ चैत १२ बुधबार ११:०८:००
Read Time : > 2 मिनेट
नयाँCity

'लकडाउन' मा साहित्यकारका सिर्जनात्मक सुझाब

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
सागर चन्द, काठमाडाैं
२०७६ चैत १२ बुधबार ११:०८:००

नेपालमा पनि कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले देशभर ‘लकडाउन’ घोषणा गरेको छ । निस्फिक्री हिँडडुल बन्द भएपछि मानिस घरभित्रै सीमित बनेका छन् । साहित्यिक कार्यक्रम अनिश्चितकालका लागि पर सरेका छन् । नयाँ पुस्तक ल्याउने तयारी गरिरहेका प्रकाशन गृह पनि बन्द छन् । यस्तो वेलामा कवि र लेखकहरू साहित्यिक कृति र सिनेमा हेर्दै परिवारसँग समय व्यतीत गरिरहेका छन् । केही साहित्यकारसँग नयाँ पत्रिकासँग फुर्सद र त्रासको यस समयमा पढ्ने पुस्तकहरू सुझाएका छन् :

साहित्यकार उषा शेरचनले भर्खरै साहित्यिक पत्रकार नगेन्द्रराज शर्माबारे संस्मरण लेखेर सकेकी छन् । ‘लकडाउन’को समयलाई उनी नयाँ पुस्तकहरू अध्ययनमा उपयोग गरिरहेकी छन् । पाठकहरूका लागि उनी महिला लेखक–कविका कृतिहरू पढ्न सुझाउँछिन् ।

उनको सुझाबमा अमला अधिकारीको ‘आलय’, सरस्वती प्रतीक्षाको ‘नथिया’, कुमारी लामाको ‘अँध्यारो अन्धकार’, मोमिलाको ‘आउटसाइडरको बयान’, बानिरा गिरीको ‘कारागार’, अर्चना थापाको ‘कठ पुतला’, बिना थिङको ‘रातो घर’, नीलम कार्कीको ‘योगमाया’लगायत पुस्तकले कोरोनाको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन सहयोग गर्नेछन् । ‘नेपाली साहित्यमा महिला कवि–लेखकको उपस्थितिलाई नजिकबाट नियाल्न पनि यी पुस्तकले सहयोग गर्नेछन्,’ उनी भन्छिन् ।

‘किताबले हामीलाई यथार्थ र कल्पनाको संसारमा शयर गराउँछन् । कल्पना पनि अर्को प्रकारको सत्यको निर्माण नै हो । किताबसितको यात्राले ज्ञान र दर्शनको दुनियाँमा लैजाने हुनाले पनि मेरो पहिलो साथी किताब नै हुन्छ ।’

कवि–लेखक उपेन्द्र सुब्बा भने मोहन वैद्य ‘किरण’को ‘हिमाली दर्शन’,  मदनमणि दीक्षितको ‘माधवी’, वीरेन्द्र सुब्बाको कवितासंग्रह ‘स्वर्णिम’ पढ्न सुझाउँछन् । ‘यी पुस्तक पढिसक्न लामै बिदा आवश्यक हुन्छन्,’ उनी भन्छन्, ‘सेल्फ आइसोलेसनमा बस्दा यी पुस्तक साथी बन्न सक्छन् ।’ कवि–लेखक सरिता तिवारी युट्युबमा उपलब्ध कविता सुन्न सुझाउँछिन् ।

फुर्सदको उपयोग गर्दै उनी खप्तड बाबाको ‘विचार विज्ञान’ दोहो-याएर पढिरहेकी छन् । ‘सेल्फ आइसोलेसनमा बस्दा घरमा उपलब्ध पुस्तक पढ्ने, सिनेमा हेर्ने गर्दा सकारात्मक ऊर्जा प्राप्त हुन सक्छ,’ उनी भन्छिन्, ‘अनलाइनमा किताबका अडियो, पिडिएफ पाइन्छन्, त्यता गएर पढ्दा पनि हुन्छ ।’

लेखक युग पाठक फुर्सदको यस समयमा आफ्नो नयाँ उपन्यासको सम्पादन गर्ने सोचमा छन् । घरमै बसिरहेका सिर्जनाप्रेमीलाई उनी नयनराज पाण्डेको ‘उलार’, धच गोतामेको ‘घामका पाइलाहरू’, पारिजातको ‘आधा आकाश’, डायमन्ड शमशेरको ‘सेतो बाघ’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’, अरुन्धती रोयको ‘लिसनिङ टु

‘सेल्फ आइसोलेसनमा बस्दा घरमा उपलब्ध पुस्तक पढ्ने, सिनेमा हेर्ने गर्दा सकारात्मक ऊर्जा प्राप्त हुन सक्छ,’ उनी भन्छिन्, ‘अनलाइनमा किताबका अडियो, पिडिएफ पाइन्छन्, त्यता गएर पढ्दा पनि हुन्छ ।’

ग्रासोफर्स’लगायत पुस्तक पढ्न सुझाब दिन्छन् । ‘बरु आफूलाई मन परेका सिनेमा हेर्नुहोस्, सामाजिक सञ्जालको अफवाहबाट टाढै रहनुहोस्,’ उनी सुझाउँछन् ।
कवि तथा लेखक बिना थिङ आफ्नो नयाँ कथासंग्रह बजारमा ल्याउने तयारीमा थिइन् । पाण्डुलिपि पनि प्रकाशनगृहमा पुगिसकेको थियो । तर, कोरोनाको प्रभावले पुस्तक प्रकाशन पछाडि धकेलिएको छ ।

सेल्फ आइसोलेसन समय सदुपयोगका लागि बालकृष्ण समको ‘मेरो कविताको आराधना’, खगेन्द्र संग्रौलाद्वारा अनुदित किर्गिस्तानी लेखक चिनगिच आइतमातोभको ‘प्रथम गुरु’, शेखर पराजुली र प्रत्यूष वन्त अनुदित ‘रेडियोसँग हुर्कँदा’लगायत पुस्तक पढ्न सुझाउँछिन् । ‘अहिले पुस्तक पसल बन्द छन् । सकेसम्म घरमै बसेर युट्युब र अनलाइनतिर सिनेमा, पुस्तक, कविता हेर्दा–पढ्दा राम्रो हुन्छ,’ उनी भन्छिन् ।

यस्तै, भर्खरै ‘पृथ्वीको आविष्कार’ कवितासंग्रह बजारमा ल्याएका कवि सुन्दर कुरूप बेन्यामिनको ‘खबुज’, उपेन्द्र सुब्बाकृत ‘लाटो पहाड’, स्वप्निल स्मृतिको ‘बाडुली र सुदूर सम्झनाहरू’ राजन मुकारुङको ‘दमिनी भीर’ पढ्न सुझाउँछन् । ‘यस्ता कृतिहरूले ज्ञानको क्षितिज अझ फराकिलो बनाउन सहयोग गर्छन्,’ उनी भन्छन् । 

पोखराकी कवि तथा लेखक सरस्वती प्रतीक्षा राहुल सांकृत्यायनको ‘भोल्गादेखि गंगासम्म’, ११ जना युवा कविका कविताको संग्रह ‘उज्यालोका मालीहरू’, मणि लोहनीको कवितासंग्रह ‘मृत्युुको अघिल्तिर’, दुर्गा कार्कीको कथासंग्रह ‘कुमारी प्रश्नहरू’ र आहुतीको ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’ पढ्न सुझाउँछिन् ।

‘किताबले हामीलाई यथार्थ र कल्पनाको संसारमा सयर गराउँछन्,’ उनी भन्छिन्, ‘कल्पना पनि अर्को प्रकारको सत्यको निर्माण नै हो । किताबसितको यात्राले ज्ञान र दर्शनको दुनियाँमा लैजाने हुनाले पनि मेरो पहिलो साथी किताब नै हुन्छ ।’