१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ११ मंगलबार २०:२३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

काेराेना नियन्त्रणका लागि भारतमा २१ दिन 'लकडाउन' घाेषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ११ मंगलबार २०:२३:००

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी २१ दिनका लागि सम्पूर्ण भारत लकडाउन गरेको घोषणा गरेका छन् ।

देशबासिका नाममा मंगलबार साँझ सम्बाेधन गर्दै प्रधानमन्त्री मोदीले सम्पूर्ण भारतीयहरुको जीवन बचाउनका लागि तीन साता लामो बन्दको घोषणा गरेको बताएका हुन् । स्वास्थ्य विज्ञहरुको सुझाबका आधारमा भारतले यो कठोर कदम चाल्नु परेको मोदीले उल्लेख गरेका छन् ।
  
मोदीले भनेका छन्, 'म, तपाईँ, तपाईँको परिवार र भारतलाई बचाउनका लागि यो निर्णय गरेको सुनाउँदैछु । मैले केही दिन तपाईँहरुसँग मागेको थिएँ, अब तीन साता घरमै बस्नुस् ।’

भारतका हरेक जनजीवन बचाउनु केन्द्र सरकार, राज्य सरकार र स्थानीय निकायको प्राथमिक दायित्व रहेको उनले घोषणा गरेका छन् । उनले २१ दिने लक डाउनलाई कफ्र्युका रुपमा बुझ्न समेत आग्रह गरेका छन् ।  उनले यो धैर्य र अनुशासनको घडी भएको पनि उल्लेख गरेका छन् । 

चीन, अमेरिका, फ्रान्स, जर्मनी, इटली, स्पेन, इरानजस्ता देशको हालत काबु भन्दा बाहिर गएको र अमेरिका, इटलीको स्वास्थ्य अवस्था विश्वका अत्यन्तै राम्रो मानिएकोमा पनि कोरोना नियन्त्रणमा नआएको उल्लेख गर्दै यस अवस्थामा आशाको किरण नभएको, उपाय र विकल्प नभएको मोदीले भनेका छन् । 

उनले आशाको किरण भनेको कोरोनालाई नियन्त्रित गर्नु नै रहेको र त्यो भनेको नागरिक घरबाट बाहिर निस्कन नहुने उनले उल्लेख गरेका छन् । भारतले कोरोना विरुद्ध अहिलेसम्मकै कडा कदम उठाएको छ । मोदीले आवश्यक सामग्रीको आपूर्ति निरन्तर रहने पनि उल्लेख गरेका छन् ।