१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७६ चैत ११ मंगलबार १४:२१:००
Read Time : < 1 मिनेट
विश्व

अफगानिस्तानलाई दिँदै आएको सहयोग कटौती गर्दै अमेरिका

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत ११ मंगलबार १४:२१:००

अमेरिकाले अफगानिस्तानलाई दिँदै आएको सहयोगमा भारी कटौती गर्ने भएको छ । काबुल गएको अमेरिकी मिसनले अफगान नेताहरूसँग मध्यस्थता गर्न असफल भएपछि सहयोग कटौती गर्ने निर्णय गरेको छ । 

विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति असरफ घानी र प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाबीच मध्यस्थता गराउने प्रयास गरे पनि सफल हुन सकेनन् । उनीहरूबीचको मतभिन्नताले अमेरिका–अफगान सम्बन्धमा नकारात्मक प्रभाव पारेको भन्दै तत्काल एक अर्ब अमेरिकी डलर कटौती गर्ने भएको हो । 

अहिले तत्काल एक अर्ब डलर सहयोग रोक्ने र सन् २०२१ मा थप एक अर्ब डलर कटौती गरिने एक विज्ञप्तिमा उल्लेख छ । 

पोम्पेओले अफगानका दुवै नेतासँग एकल र संयुक्त बैठक गरेका थिए । 

सन् २०१९ मा राष्ट्रपतिको निर्वाचन भएपछि अफगानिस्तानमा राजनीतिक संकट बढेको छ । राष्ट्रपति घानी र विपक्षी नेता अब्दुल्ला अब्दुल्लाले निर्वाचनमा आफूहरू दुवै विजयी भएको दाबी गर्दै अलग–अलग शपथग्रहण गरेका थिए । 

यता, विदेशमन्त्री पोम्पेओ र तालिबानमा नेता मुल्लाह बरादरको कतारमा भेटवार्ता भएको पनि अमेरिकी अधिकारीले बताएका छन् । उक्त भेटमा तालिबानी नेताले हिंसा घटाउने र अमेरिकी सेनालाई आक्रमण नगर्ने प्रतिबद्धता जनाएको पनि बताइएको छ । 

गत महिना अमेरिका र तालिबानबीच पूर्व शान्तिसम्झौता भएको थियो । त्यसपछि बृहत् शान्तिसम्झौताका लागि मार्चदेखि वार्ता सुरु हुने बताइएको थियो । यतिवेला भएको वार्तामा कैदीबन्दीको रिहाइ नै मुख्य विषय बनेको पनि सञ्चारमाध्यामले उल्लेख गरेका छन् ।