मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका ओखलढुंगा
२०७६ चैत ११ मंगलबार १४:३०:००
Read Time : < 1 मिनेट
समाचार

सवारी दुर्घटनामा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका ओखलढुंगा
२०७६ चैत ११ मंगलबार १४:३०:००

ओखलढुंगामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

लकडाउनको अवज्ञा गर्दै चलाइएको मोटरसाइकल र ट्याक्टर एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा मानेभञ्ज्याङ गाउँपालिका–५ की २५ वर्षीया पवित्रा राईको मृत्यु भएको हो ।

जेरुङ गाउँमा भएको दुर्घटनामा घाइते भएका तीनजनामध्ये पवित्रा राईको उपचारका क्रममा ओखलढुंगा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । मोटरसाइकलमा सवार तीनजनामध्ये सुजन राई र सनम राईको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मानेभञ्ज्याङबाट हर्कपुर जाँदै गरेको बा.६३प९३५५ नम्बरको मोटरसाइकल र हर्कपुरबाट मानेभञ्ज्याङतर्फ आउँदै गरेको ना.६त७३६० नम्बरको ट्याक्टर एक–आपसमा ठोक्किएका थिए । ट्याक्टरचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।