१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाेटाे : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ११ मंगलबार १२:३१:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनको पहिलो दिन, चहलपहल शून्य राजधानी काठमाडाैं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ११ मंगलबार १२:३१:००

लकडाउनको पहिलो दिन मंगलबार दिउँसो राजधानी शान्त देखिएको छ । 

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सहरहरू बन्द छन् । सडकमा मानिस छैनन् । तर, केही फाट्टफुट्ट मोटरसाइकल चलेको देखिन्छ । 

प्रहरीले मोटरसाइकलचालकहरूलाई सम्झाएर घर पठाउने गरेको छ । काठमाडौंको न्युरोड, असनलगायतका बजार पूर्ण रूपमा बन्द छन् । उपत्यकामा तरकारीको आपूर्ति हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजार पनि बन्द छ ।

सामाजिक सम्पर्क रोकेर भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिने विश्व स्वास्थ्य संगठनकोे सुझाब भएपछि विश्वका अधिकांश मुलुकले लकडाउनको नीति अख्तियार गरेका छन् । 

त्यसैले नेपाल सरकारले पनि उक्त नीतिलाई अवलम्बन गरेको छ । जसले गर्दा मंगलबार बिहानैदेखि सडकहरूमा अत्यावश्यक सेवाका साधनहरू मात्रै सञ्चालन भएको देखिन्छ । सडकका चोकचोकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सवारीसाधनको चेकजाँचलाई कडाइ गरेको छ ।

लकडाउन भनेको औषधिउपचार, खाद्य वस्तु खरिदलगायत अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आदेश गरेकाे छ । सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामी फेला परेपछि संक्रमणलाई थप फैलिन नदिनका लागि ‘संक्रामक रोग ऐन २०२०’ अनुसार लकडाउनको निर्णय गरेको हो । 

सरकारले दिएको आदेशलाई नागरिकले पालना गरेको देखिन्छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो ।