मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १० सोमबार १२:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारले सुरु गरेकाे काेराेना काेषमा एक महिनाकाे तलब जम्मा गर्न सांसदहरूलाई गगन थापाकाे आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १० सोमबार १२:३०:००

कांग्रेस नेता एवं सांसद गगन थापाले सरकारले सुरु गरेको कोरोना कोषमा प्रत्येक सांसदले एक महिनाको तलब जम्मा गर्न आह्वान गरेका छन्  । 

कोभिड–१९ को संक्रमणले विश्वव्यापी महामारीको रूप लिइरहेको अवस्थामा सांसद थापाले सो आह्वान गरेका हुन्  । 

सोमबार ट्विट गर्दै थापाले भने, 'सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैँ। जसले जहाँबाट जति सक्छौँ यो कोषमा सहयोग गरौँ र विपत्मा श्राेत जुटाउन साथमा छौँ भनेर  सरकारलाई आश्वस्त पारौँ।'

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सरकारले पनि यस विपत्मा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिनेछैन भनेर आश्वस्त पार्नुपर्ने बताएका छन्  ।