मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
केशव शर्मा क्यानडा
२०७६ चैत ९ आइतबार १५:२९:००
Read Time : > 1 मिनेट
ब्लग

क्यानडा : रेस्टुरेन्टमा काम गर्नेहरू बेरोजगार भएका छन्

Read Time : > 1 मिनेट
केशव शर्मा क्यानडा
२०७६ चैत ९ आइतबार १५:२९:००

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । चीन, दक्षिण कोरिया, इरान, इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिकालगायतका देश धेरै प्रभावित बनेका छन् । कुवेत, माल्दिभ्स, कतारलगायतका मुलुक पनि कोरोनाबाट प्रभावित बनेका छन् । यी देशमा लाखौँ नेपाली नागरिक छन्, जो यतिवेला कोरोना संक्रमणको त्रासमा छन् । त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ ? पूरै देश र सहरले यो विपत्को सामना कसरी गरिरहेका छन् ? नेपालीले के–कस्ता समस्या व्यहोरिरहेका छन् र नेपाल सरकारसँग उनीहरूको अपेक्षा के छ ? यी विषयमा कोरोना प्रभावित देशमा रहेका नेपाली नागरिकले नयाँ पत्रिकाकर्मी दीपक अधिकारीसँग आफ्नो सन्देश सुनाएका छन् ।

____________________________

अध्ययनको सिलसिलामा पाँच वर्षअघि क्यानडा आएको थिएँ । इन्जिनियरिङमा विद्यावारिधि गरेँ । हाल भूगर्भविद्का रूपमा कार्यरत छु । अल्बेटा राज्यको एल्बल्टनमा बस्छु । मेरी श्रीमती विगुल पोखरेल ब्रिटिस कोलम्बिया राज्यको कलोनामा छिन् । छात्रवृत्ति पाएर मास्टर्स गर्दै छिन् । विश्वविद्यालय बन्द भएको छ, तैपनि हाम्रो भेट हुन सकेको छैन । नेपाल र भारतबीच खुला सीमा भएजस्तै क्यानडा र अमेरिकाबीच पनि कतिपय खुला सीमा छन् ।

ती सीमा अहिले बन्द गरिएका छन् । अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन् । डोमेस्टिक उडान भने कायम छन् । मान्छेका मुभमेन्ट धेरै कम भइसकेको छ । टोरेन्टो, भ्यानकोभरमा कर्फ्यु लागेजस्तै छ । क्यालगरी, एडमन्टन पनि सुनसान छ । रेस्टुरेन्ट प्रायः बन्द छन् । फिल्म हल, पब चलेका छैनन् । २०-२५ जनाभन्दा बढी जम्मा हुन दिइएको छैन । प्राथमिक तहदेखि विश्वविद्यालयसम्मका शिक्षण संस्था बन्द छन् । 

पछिल्लो तथ्यांकअनुसार यहाँ कोरोना संक्रमणको संख्या करिब सात सय छ । टोरन्टो, क्यालगरी र एडमन्टन सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ करिब ९० प्रतिशत नेपाली बस्छन् । तर, अहिलेसम्म कुनै पनि नेपालीलाई संक्रमण भएको सुनिएको छैन । हुन त, गोपनीयताका कारण अरू संक्रमितको विवरण पनि सार्वजनिक गरिएको छैन । यहाँ रहेका नेपाली नेपाल फर्कन आतुर छैनन् । यहाँको स्वास्थ्य प्रणाली नेपालको भन्दा राम्रो छ । धेरैले पिआर पाएका छन्, र परिवार यतै ल्याएका छन् । 

दुई सातादेखि म घरबाटै काम गरिरहेको छु । अरू प्रोफेसनलहरूले पनि घरबाटै काम गरिरहनुभएको छ । रेस्टुरेन्टमा काम गर्नेचाहिँ बेरोजगार हुनुभएको छ । तर, सरकारले रोजगार बिमालगायतका कार्यक्रममार्फत सहायता दिन भनेर २७ बिलियन डलर छुट्याएको छ । यो संकटका कारण नोकरी गुमाएकालाई आधारभूत तलबको ७० प्रतिशतसम्म रकम सरकारले दिन्छ ।

त्यसैले कोठाभाडा तिर्न, जीविका चलाउन समस्या पर्दैन । इटाली, कोरिया, इरानमा जस्तो यहाँ कोरोना संक्रमण बढेको छैन । जति फैलिएको छ, त्यो पनि नियन्त्रण हुन्छ भन्ने विश्वास छ । त्यसैले यहाँँका नेपाली त्रसित छैनन् । नेपालले आफ्ना नागरिकलाई फर्कन लगाएको रोकले यहाँ बस्नेलाई खासै असर पर्दैन ।