मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत ९ आइतबार ०८:०२:००
Read Time : < 1 मिनेट
विश्व

  उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

Read Time : < 1 मिनेट
२०७६ चैत ९ आइतबार ०८:०२:००

उत्तर कोरियाले छोटो दूरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र प्रहार गरेको हो । 

विश्वभरि कोरोना संक्रमण फैलिरहेको वेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । सम्पूर्ण विश्व कोरोनाबाट आक्रान्त भइरहेको वेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्नु असान्दर्भिक भएको दक्षिण कोरियाले टिप्पणी गरेको छ । उत्तर कोरियाले आफ्नो देशमा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको दाबी गर्दै आएको छ ।