मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत ८ शनिबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित गर्यो

Read Time : < 1 मिनेट
२०७६ चैत ८ शनिबार १३:०९:००

विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम स्थगित गरेको छ । 

यसअघि नै कांग्रेसले ठूला भेला र सम्मेलनहरू स्थगित गरेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै आइतबारदेखि लागू हुनेगरी चैत मसान्तसम्म नवीकरण र वितरण बन्द गरिएको जनाएका छन् । 

वितरण र नवीकरण स्थगित भए पनि सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियान भने सतर्कतापूर्वक जारी रहेने विज्ञप्तिमा उल्लेख छ । 

सांगठनिक गतिविधि रोकिए  पनि यो अवधिमा  कोरोना सचेतना अभियानको आवश्यकताअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहने शर्माले जानकारी दिएका छन् ।