मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ८ शनिबार ०९:००:००
Read Time : < 1 मिनेट
अर्थ

पूर्वअर्थमन्त्री विचार मञ्च गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ८ शनिबार ०९:००:००

मञ्चले अर्थतन्त्र तथा विकासका समग्र पक्षसँग जोडिएका विषयमा छलफल चलाई समाधानको पहल गर्ने 

मुलुकको आर्थिक विकास र अर्थतन्त्रलाई योगदान पुर्‍याउने उद्देश्यले पूर्वअर्थमन्त्री विचार मञ्च गठन गरिएको छ । शुक्रबार मञ्च गठन गर्न गरिएको भेलामा पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, माननीय सुरेन्द्र पाण्डे, माननीय वर्षमान पुन र माननीय ज्ञानेन्द्रबहादुर कार्कीको सहभागिता रहेको थियो । 

विचार मञ्च गठन भेलामा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान र चन्द्रप्रसाद ढकाल, महासंघका महानिर्देशक धरणीधर खतिवडाको उपस्थिति रहेको थियो ।

मञ्चले अर्थतन्त्र तथा विकासका समग्र पक्षसँग जोडिएका विषयमा छलफल चलाई समाधानको पहल गर्ने बताइएको छ । त्यस्तै, कोभिड–१९ बाट अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई घटाउन राहत प्याकेज तत्काल ल्याउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।